जीवन निर्वाह वृत्तिका लागि आवेदन दिन आग्रह



रामधन राई, खोटाङ ।

जिल्ला प्रशासन कार्यालय खोटाङले जीवन निर्वाह वृत्तिका लागि सशस्त्र द्वन्द्ध, जनआन्दोलन तथा मधेश आन्दोलनका घाईते तथा अपाङ्गलाई निवेदन दिन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले हालसम्म नेपाल सरकारले उपलव्ध गराउँदै आएको आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति पाउनबाट छुट भएकाहरुलाई निवेदन दिन आग्रह गरेको हो ।

निर्वाहवृत्तिका लागि प्रमाणित कागजात सहित आगामी पौष महिनाको ३ गतेभित्र निवेदन दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

नेपाल सरकारले सशस्त्र द्वन्द्ध, जनआन्दोलन तथा मधेश आन्दोलनमा घाईते तथा अपाङ्ग भएका नागरिकलाई अपाङ्गता प्रतिशत निर्धारण तथा पूनरावलोकन कार्यविधि अनुसार आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति उपलव्ध गराउँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले निवेदन संकलन गरी घाईते र अपाङगता प्रतिशत निर्धारण एबं पुनरावलोकन गरेर केन्द्रीय अनुमोदन समितिमा पठाउने र सोही समितिबाट अनुमोदन भएपछि सोही प्रतिशतका आधारमा जीवन निर्वाह वृत्ति उपलव्ध गराउने व्यवस्था छ ।

अपाङगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ को दफा ३ बमोजिम घाईते तथा अपांगता प्रतिशत निर्धारण एबं पूनरावलोकन गरी पठाउनका लागि गृह–मन्त्रालयले २०७६ साल असार २७ गते पठाएको पत्र अनुशार प्रशासनले गरेको सिफारिसका आधारमा त्यस्ता अपाङग तथा घाईतेले जीवन निर्वाह वृत्ति पाउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्