राजपुर फरहदवा बम काण्डका फरार प्रतिवादी पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताफ आलम पक्राउ



सञ्जय कार्की, रौतहट ।

रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी नेपाली कांग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताफ आलम लाई प्रहरीले पक्राउ गरेको छ । भारतको सितामढि जिल्लाको मोतिहारीबाट मोहम्मद महताब आलम पक्राउ परेको स्रोतले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले फरार प्रतिबादी आलम लाई पक्राउ गरेको हो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राती राजपुर नगरपालीका ४ ९साबिक राजपुर गाबिस ४ ० स्थित आलमको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउपालीका ४ ९साबिक सरुअठा ४ ० का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप उनी माथि लागेको छ ।

उक्त घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी जेल चलान परेका छन । पुर्बमंन्त्रि आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्जय ज्यानको मुध्दा प्रहरीले चलाएको थियो ।

उक्त घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ । भने ६ जना अझै फरार रहेका छन् । उक्त घट्नामा मारिएका पिन्टु भनिने त्रिलोक प्रताप सिहका बुवा श्रीनारायाण सिह र अख्तरका आमा रुक्साना खातुनले २०६५ बैसाख ९ गते काग्रेस नेता मोहम्मद अफताब आलम लगायत ४ जना बिरुद्ध किटानी जाहेरी दिएको २ महिना पछि २०६५ असार १ र ९ गते सांसद आलम, उनका भाई महताब बिरुद्धको कर्तब्य ज्यान मुध्दाको अनुसन्धान मिसिल लाई प्रहरीले सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गर्दा तत्कालीन प्रमुख ध्रुबमणि ज्ञावलीले प्रमाण नपुगेको भन्दै मुध्दा नचल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्