जेसिजद्वारा समाचार लेखन तालिम



अमृत अर्याल, स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिकामा सञ्चालित जेसीआई गल्याङको वार्षिक कार्यक्रम जेसीज सप्ताह अन्तर्गत अनलाइन समाचार लेखन तालिम सम्पन्न भएको छ ।

तालिममा जेसीजका पदाधिकारी तथा सदस्यहरूलाई समाचार लेखनका विविध पक्षको जानकारी सहित आधारभूत रूपमा समाचार लेख्न सिकाइएको जेसीआई गल्याङ् वर्ष २०२० का अध्यक्ष दर्वेन्द्रदेव खनालले जानकारी दिनुभयो ।

जेसीआई गल्याङ् वर्ष २०२० का अध्यक्ष खनालको अध्यक्षता एवम् वरिष्ठ पत्रकार इन्द्र रिजालको आतिथ्यमा भएको तालिममा २३ जनाले प्रशिक्षण लिएका थिए । उक्त तालिमले जेसीजले गरेका रचनात्मक कार्यबारे समाजलाई सुसूचित हुन सघाउ पुग्ने बताइएको थियो ।

तालिममा जेसीजसँग आवद्ध समेत रहेका पत्रकारद्वय अमृत अर्याल र मुक्तिनाथ गैह्रेले प्रशिक्षण दिनुभएको थियो । नेपाल जेसिज मिडिया कमिटीको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जेसी साधना न्यौपानेको संयोजकत्वमा भएको तालिममा जेसीआई नेपाल एरिया बी का तालिम संयोजक पायल शर्मा लगायत विभिन्न शाखाका पदाधिकारीको सहभागिता रहेको थियो ।

जेसिज सप्ताहको ५ औं कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्यका लागि मनका कुरा कार्यक्रम हुने भएको छ । प्रशिक्षक एवम् काउन्सिलर कपिल शर्माद्वारा दिईने कार्यक्रममा देश विदेशका जो सुकै व्यक्ति पनि निशुल्क रूपमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्