पिएसजीको सहज जित



पेरिस, (एजेन्सी)
फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन पिएसजीले सहज जित निकालेको छ । शनिबार राति भएको लिगको १३औं साताको खेलमा पिएसजीले मोन्टेपेलरलाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो ।

पिएसजीका लागि खेलको ३३औँ मिनेटमा कोलिन डाग्बाले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ४१औं मिनेटमा मोन्टेपेलरका स्टेफे माभिडिडीले गोल गरेर खेललाई १–१ बनाए । त्यसपछि दोस्रो हाफमा पिएसजीले दुई गोल थपेर खेलको नतिजा आफ्नो पक्षमा पा¥यो ।

खेलको ७७औं मिनेटमा युवा स्टार मोइसे किनले गोल गरेर पिएसजीलाई २–१ ले अघि पारेका थिए । त्यसपछि दोस्रो हाफमा मैदान छिरेका क्लियन एमबाप्पेले इन्जुरी समयमा गोल गरेपछि खेल पिएसजीले ३–१ ले आफ्नो पक्षमा पा¥यो । उक्त जितपछि पिएसजीले १३ खेलबाट २८ अंक जोडेको छ । पराजित मोन्टेपेलरको भने १३ खेलबाट २३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्