महिला साइक्लिङमा प्युठानकी बुढामगर पहिला



हेटौंडा, (नेस)
हेटौंडा जेसिजले आयोजना गरेको राष्ट्रियस्तरको महिला साइक्लिङ प्रतियोगितामा प्युठानकी भूमि बुढामगर पहिलो भएकी छन् ।
१२ महिला साइक्लिस्ट सहभागी नेपालमै पहिलो ‘अफ हिल महिला साइक्लिङ च्यालेन्ज’मा बुढामगरले ७ दशमलव ८ किलोमिटर दूरी ४८ मिनेट २० सेकेन्डमा पार गरेकी थिइन् । ५१ मिनेट २९ सेकेन्डमा पा“चथरकी इन्द्रकला नेम्वाङले दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् । ५४ मिनेट १० सेकेन्डमा दूरी पार गरेर सोलुखुम्बुकी मिङ्मा याङ्जी शेर्पाले तेस्रो स्थान हासिल गरिन् ।
विजेताहरूलाई क्रमशः १८ हजार, १२ हजार र ६ हजार नगदसहित मेडल, प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । लंैगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत महिला सहभागितामा साइक्लिङ च्यालेन्ज गरिएको हेटौँडा जेसिज अध्यक्ष राजदेव बनिया“ले बताए ।
मकवानपुरगढी गाउ“पालिका वडा नम्बर–४ स्थित सामरी पुलदेखि मकवानपुरगढी–५ मा पर्ने गुम्बाडा“डासम्म साइक्लिङ गरिएको थियो । प्रतियोगितामा लक्ष्मी महर्जनसहित राष्ट्रिय खेलाडी र हेटौँडाकी कविता दासले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्