काडिजसँग बार्सिलोना स्तब्ध



मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगामा बार्सिलोना काडिजसँग स्तब्ध भएको छ । शनिबार राति भएको लिगको १०औं साताको खेलमा काडिजसँग २–१ ले पराजित भएपछि बार्सिलोनालाई ठूलो झट्का लागेको हो । अवे मैदानमा बार्सिलोनाले जारी सिजनको चौथो हार भोग्न बाध्य भयो ।

काडिजले एक आत्मघातीसहित तीनवटै गोल आफैंले गरेको थियो । काडिजले खेलको आठौं मिनेटमा गिमिनेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । तर, खेलको ५७औं मिनेटमा काडिजका पेड्रोले आफ्नै गोलपोस्टमा बल छिराएपछि बार्सिलोना खेलमा फर्किएको थियो । तर. खेलको ६३औं मिनेटमा नेग्रेडोले विजयी गोल गरेपछि बार्सिलोनाले तीन अंक गुमायो ।

क्याडिज यसै सिजन ला लिगामा बढुवा भएको टोली हो । उक्त हारपछि स्पेनिस क्लब बार्सिलोना घरेलु लिग ला लिगामा ३२ वर्षयताकै सबैभन्दा खराब स्थितिमा पुगेको छ । यो सिजन बार्सिलोनाले चार खेल जित्दा ४ खेल नै हारेको छ भने दुई खेलमा बराबरीको नतिजा निकालेको छ । शनिबारको हारपछि बार्सिलोनाको १० खेलबाट मात्र १४ अंक रहेको छ ।

बार्सिलोना यतिबेला लिगमा ३२ वर्ष यताकै सबैभन्दा खराब स्थितिमा छ । ३२ वर्षअघि सिजन १९८७–८८ मा बार्सिलानोले १० खेल सकिँदा १३ अंक जोडेको थियो, यसपटक भने १४ अंक छ । त्यसैगरी, बार्सिलोनाले काडिजसँग २९ वर्षपछि पहिलो पटक हार व्यहोरेको छ । यो हारमा संयोेग कस्तो परेको छ भने, जतिबेला बार्सिलोना सन् १९९१ मा काडिजसँग हारेको थियो, त्यसबेला हालका प्रशिक्षक रोनाल्ड कोम्यान बार्सिलोनाबाट खेलाडीका रूपमा खेल्थे । ३० वर्षपछि उनै कोम्यानले क्याडिजसँग प्रशिक्षकका रूपमा पनि पराजय भोग्नुप¥यो ।

प्रतिक्रिया दिनुहोस्