झण्डै तीन सय वर्ष पुरानो क्रिस्मस कार्ड बिक्रिमा



न्युयोर्क, (एजेन्सी)

विश्वकै सबैभन्दा पहिलो व्यावसायिक रुपमा छापिएको क्रिस्मश कार्ड अमेरिकाको वोस्टन स्थित मार्भिन गेटम्यान नामक एउटा पुस्तक अधिकृत बिक्रेताले प्रति कार्ड २५ हजार अमेरिकी डलरमा बिक्रि गरिरहेको छ । यो कार्ड सन् १८४३ पहिलो पटक छापिएर बिक्रि वितरण भएको थियो ।

विश्व प्रसिद्ध लेखक चाल्र्स डिकेन्सको क्रिशमस क्यारोल प्रकासित भएकै वर्ष तीनजना कलाकार हेनरी कोल , जोह्न होस्ली र जोसेफ कन्डालले यो कार्ड तयार पारेका थिए । सो कार्डमा एउटी सानी फुच्ची सहितका एक परिवारले वाइन पिएरर रमाइलो गरिरहेको देखिन्छ ।

त्यतिबेला एउटी फुच्चीलाइ समय मदिराजन्य पेय पदार्थ पिलाइएको चित्र प्रस्तुत गरिएको भन्दै वेलायतको आचार संहिता अभियानका सदस्यहरुले यो कार्ड विवादास्पद रहेको दावी गरेका थिए ।

हाल यस कार्डको बिक्रि वितरणको आधिकाकिता पाएका अमेरिकाको न्युयोर्क स्थित ब्याटलडोर लिमिटिेडका अध्यक्ष जस्टिन स्किलरले यस्तै विावादमा फसेको कारण त्तिवेला यस कार्डलाई व्यावशायिक रुपमा छाप्न तीन वर्ष पर्खनु परेको बताएका छन् । शुरुमा छापिएका करिव एक हजार वटा कार्ड मध्ये अहिले करिव तीस वटा मात्र अस्तित्वमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्