सुदूरपश्चिम महोत्सव स्थगित



सुदूरपश्चिम । सुदूरपश्चिमको आर्थिक विकास र कला संस्कृतिको संरक्षणमा टेवा पु¥याउन धनगढीमा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव‘ यस वर्ष स्थगित गरिएको छ । हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने महोत्सव कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यस वर्ष स्थगित गर्नुपरेको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घले विसं २०६३ देखि यो महोत्सव गर्दै आएको थियो । कोरोना भाइरस सङ्कमणको जोखिम देखिएकोले महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुँवरले बताउनुभयो । महोत्सव कहिले गर्ने भन्ने विषयमा सरोकारवाला र स्थानीय प्रशासनसँग समन्वय गरी महोत्सवको नयाँ मिति तय गरिने उहाँले जानकारी दिनुभयो ।

सङ्घका महासचिव ओम विष्टले कोरोना भाइरसको अवस्था समान्य भएमा महोत्सव आयोजना गर्न सकिने बताउनुभयो । महोत्सवका माध्यमबाट सुदूरपश्चिम प्रदेशको कला संस्कृति, व्यापार व्यवसायको संरक्षण सम्वद्र्धनको प्रयास हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्