रुपन्देही प्रहरीले साढे १६ लाख रकम सहित भैरहवाका श्याम कुमार पक्राउ



यमलाल भुसाल,बुटवल ।

रुपन्देही प्रहरीले श्रोत नखुलेको भन्दै १६ लाख ५० हजार सहित एक जनालाई भैरहवाबाट पक्राउ गरेको छ । सिद्धार्थ नगरपालिका वडा न १३ शान्तिनगरमा प्रहरीको नियमित चेकजाँचको क्रममा शान्तीनगरबाट भैरहवा बसपार्क तर्फ जांदै गरेको लु.३९ प.४४५७ नम्वरको स्कुटरलाई चेकजाँच गर्दा सिद्धार्थनगर नगरपालिका वडा न. ६ वस्ने वर्ष २१ को श्याम कुमार वनियालाई उक्त नगद रकम सहित पक्राउ गरेको हो ।

प्रहरीले ५ सय दरको नोट थान १२३० को ६,१५,०००। १ हजार दरको नोट थान १०३५ को १०,३५,०००। गरी जम्मा १६,लाख ५० पचास हजार र निजले चढी आएकोे स्कुटर प्रयोग गरेको सिम सिम सहितको मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्दिेहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताउनु भयो । प्रहरीले वनिया र वरामद रकम सहित आवश्यक कारवाहीको लागी बुटवल आन्तरिक राजश्वम कार्यालय रूपन्देही पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्