कांग्रेसबाट रसुवाका १२ जना नेकपामा प्रवेश



सरस्वती न्याैपाने, रसुवा।

जिल्लाकाे गाेसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेका १२ जना नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन।

नेकपा गाेसाईकुन्ड ६ द्वारा आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा आफ्नै निस्वार्थ भावले नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नेहरूमा राजकुमार लामा,सन्चा तामाङ,विविलामाे तामाङ,मेन्दाेजाेम तामाङ,सिताराम विक,रामहरि विक,राजकुमार विक,कुमार विक,वेलि माया विक,कमला विक,मिङमार तामाङ रहेका छन।

मङ्सिर २० गते गाउँपालिका ईन्चार्ज विजय लामाकाे प्रमुख आतिथ्य र जिल्ला सचिवालय सदस्य एवम गाेसाईकुन्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङकाे विशेष आतिथ्यमा सम्पन्न भएकाे वताईएकाे छ।

नवप्रवेशिहरूलाई उहाँहरूकाे क्षमता अनुसार पार्टीकाे जिल्ला,गाउँ,वडा,तथा,टाेल कमिटिमा समेटेर जिम्मेवारी दिईने नेकपा जिल्ला सदस्य टेम्पा सिङगि तामाङले जानकारी दिनुभयाे।

प्रतिक्रिया दिनुहोस्