नेपाल बंगलादेश बैंकद्वारा रकम हस्तान्तरण



काठमाडौ, (नेस)

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपियाँ रकम हस्तान्तरण गरेको छ ।

सो समितिले स्थापनाकाल देखिनै आफ्नो क्षेत्रभित्र बाटो, ढल, खानेपानी, विजुली बत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।

हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोही पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिनेछ ।

बैंकको कमलादीस्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्कबहादुर भट्टराईलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्