मदनदास र कृष्णलाई हरितारा पुरस्कार



२०७५ सालको हरितार चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोजशमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक–हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटकमार्पmत महत्वपँर्ण योगदान पु¥याएकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदास श्रेष्ठलाई अर्पण गर्न लागिएको आयोजकले जनाएका छन्।

यसै गरी, ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशकभन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला, संस्कृति एवं गीत–संगीत र फिल्म क्षेत्रको उत्थान गरेबापत गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो। पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ।

हरितार चलचित्र पुरस्कार–२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष राखी स्थापना गरेकी हुन्।

यसै गरी, परिवर्तन नेपालको बैठकले २०७६ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ। पुरस्कारको राशी जनही १० हजार रुपियाँ रहेको छ।

त्यस्तै परिवर्तन सम्मान–२०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक तथा अभिनेता विश्वदीप घिमिरे र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने निर्णय गरेको छ। दुवै पुरस्कार पुसको दोस्रो सातामा प्रदान गरिने हरितारा चलचित्र पुरस्कारका सदस्य–सचिव मोहन निरौलाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्