कंगना किसान आन्दोलनबारे बोल्दा समस्यामा



भारतको पन्जाबमा भइरहेको किसान आन्दोलनमा बलिउड सेलिब्रेटीको पनि ध्यान केन्द्रित भएको छ। कसैले यस आन्दोलनलाई समर्थन गरिरहेका छन् भने कतिले यसको विरोधमा आप्नो धारणा बनाइरहेका छन्।
अभिनेत्री कंगना रनावतले किसान आन्दोलनबारे एक ट्विट गर्दा बलिउडका केही सेलिब्रेटी उनीमाथि जाइलागेका छन्।

कंगनाले ट्विटरमा किसान आन्दोलनको नाममा मानिसहरु आप्नो रोटी पकाउन लागिरहेका छन् भनेर लेखेकी थिइन्। जसपश्चात् यमी विर्कदेखि हिमांसी खुराना जस्ता पन्जाबी सेलिब्रेटीले कंगनाको ट्विटरमाथि असन्तुष्टि जनाएका छन्।

बिग बोस–१३ को प्रतियोगीसमेत रहेकी हिमांसीले ट्विटरमा कुनै पनि कुराको गलत कोण दिन कंगनाबाट सिक्नुपर्ने भन्दै ट्विट गरेकी छिन्। हिमांसीले आफूमाथि यस्तो धारणा राखेपछि रुष्ट कंगनाले उनलाई ट्विटरबाट ब्लक गरिदिएकी छन्। जुन कुरा हिमांसीले सामाजिक सञ्जालमा स्क्रिन सट राख्दै बताएकी छिन्। हिमांसीले एक स्क्रिन सट शेयर गर्दै लेखेकी छिन्– ‘कंगना रनावतले त ब्लक गरिदिइन्।’

प्रतिक्रिया दिनुहोस्