टेलिसिरियलमा सम्बन्ध



सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा सम्बन्ध नामक टेलिसिरियल तयार भएको छ। यसको शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा नवीन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन) को स्वर छ।

पारिवारिक कथावस्तुको टेलिसिरियलमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रवीन्द्र अधिकारीलगायतले अभिनय गरेका छन्। राजधानीका विभिन्न स्थानमा छायांकन भएको टेलिसिरियलमा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन रहको छ।

गीता आचार्य, प्रवेश आचार्य, रवि केसी र सरला भण्डारी निर्माता रहेको टेलिसिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन्। निर्देशक आचार्यका अनुसार टेलिसिरियल आगामी माघ ३ गते शनिबार रातिदेखि प्राइम टाइम्स एचडीबाट प्रसारणमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्