एक्ला रक्तसञ्चार विशेषज्ञको बेवास्ता



कोरोना संक्रमितहरुको जीवन बचाउने कामका लागि नेपालमै कोरोना निको भएका व्यक्तिहरुबाट लिएको रगतबाट प्लाज्मा बनाई कोरोना संक्रमितको उपचारका लागि उत्तम औषधि बनाउने नेपाली चिकित्सकको नाम हो डा. विपीन नेपाल । तर, डा. नेपाललाई नेपालले चिनेन । खास गरी नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायले कारबाही गर्ने र लाइसेन्स नै खारेज गर्ने सम्मका डर–त्रास देखाई स्पष्टीकरण सोध्ने सम्मका हर्कत गरे । अन्तमा उनै रक्तसञ्चार विज्ञको ज्ञान र सीपकै कारण चिकित्सकलगायत ठूलाबडा भनेर चिनिने व्यक्तिहरुको ज्यान बचाउन सञ्जीवनी बुटी सावित भए । हक्की स्वभावका डा. नेपालले मानव जीवन बचाउनुजस्तो महान् कार्य गर्नका लागि आफू जस्तोसुकै परिस्थितिमा पनि जुटिरहने अठोट गर्नुभयो ।

त्यसकै परिणामस्वरूप आज नेपालमा पनि प्लाज्मा थेरापीका माध्यमबाट बिरामीको ज्यान बचाउने कार्यले सफलता पायो । नेपालको एकमात्र रक्तसञ्चार विशेषज्ञ (ट्रान्समिसन मेडिसिन) डा. नेपाल खास गरी एउटै रगतबाट कस्तो खालको रगत बनाउने, कुन खालको बिरामीलाई कुन रगत दिने भन्ने विषयका ज्ञाता हुनुहुन्छ । पाकिस्तानबाट विशेषज्ञता हासिल गरेर नेपालमै केही गर्छु भनेर आएका एक चिकित्सकलाई सरकारले दरबन्दी सिर्जना गरेर क्षमता र दक्षताको कदर गरी हौसला दिनुको सट्टा उल्टै हतोत्साही बनाउँदै आएको छ ।

उहाँ विगत पाँच वर्षदेखि ग्रान्डी इन्टरनेसनल अस्पतालमा ट्रान्समिसन मेडिसिन विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, कामना न्यूज पब्लिेकेसन्स्को ३७औं वार्षिकोत्सवका सन्दर्भमा डा. नेपालसँग प्लाज्मा थेरापीका विषयमा नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानी ः

प्लाज्मा भनेको के हो ?

रगतमा दुईवटा तत्व हुन्छ एउटा कोशिकाहरुको तत्व, अर्को पानीको तत्व । कोशिकाहरुको तत्वले आरबीसी (प्लेटलेस) डब्ल्यूबीसी (रातो रगत, सेतो रगत) भनिन्छ । अर्को प्लाज्मा भनिन्छ पानी सेलुलर तत्वमा प्रोटिन, न्युट्रेन्सहरु, हार्मन्सहरु हुन्छ । यसले शरीरमा ल्याउने–लैजाने काम गर्छ । यसभित्र शरीरमा कुनै संक्रमण भइसकेपछि त्यसविरुद्ध लड्ने एन्टीबडी प्लाज्मामा नै तैरिएर बसेको हुन्छ ।

अहिले कोरोना संक्रमणको परिप्रेक्षमा प्लाज्मा थेरापी भन्नाले बिरामीलाई कोरोना भयो त्यो कोरोनासँग लडेपछि निको भयो भने त्यो बिरामीको शरीरमा कोरोनासँग लड्न सक्ने एनटिबडी बनेको हुन्छ । त्यो एन्टिबडी तैरिएर गएर प्लाज्मामा बसेको हुन्छ । हो, त्यो प्लाज्मा निकालेर अर्को कोरोना संक्रमण भएर गम्भीर भएका बिरामीलाई दिँदा त्यसले न्युट्रेलाइज गर्न मद्दत गर्छ ।

कोरोना लागेर बिरामी आईसीयूमा भर्ना भएको छ, भाइरसको परिमाण धेरै छ, त्यसलाई न्युट्रेलाइज गर्दिन्छ । त्यो भनेको पोजिटिभ नेगेटिभ जस्तै हो । न्युट्रेलाइज गरेर कोरोनालाई निको गर्ने काम गर्दछ । त्यो प्रोसेसलाई कन्भुलेसन प्लाज्मा थेरापी भनिन्छ ।

यो एक÷डेढ सय वर्षको इतिहास बोकेको विधि हो । कुनै पनि भाइरल रोगको महामारी फैलिएको र औषधि नबन्दाको अवस्थामा मिजल्स, मम्स, स्मल पक्स, इबोलामा कुनै पनि औषधि र भ्याक्सिन बनेको थिएन । कन्भुलेसन प्लाज्मा थेरापीकै माध्यमबाट यसरी नै उपचार गरिँदै आएको थियो । त्यति बेला यो उपचार सुस्त तरिकाले गरिँदै आएको थियो । अहिलेको परिप्रेक्ष्यमा पनि कुनै औषधि र खोप नबनेका बेलामा तीव्र गतिमा यो एउटा वैकल्पिक थेरापी विधि सफलताका साथ अपनाइएको हो ।

 

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको आईसीयू इन्चार्ज डा. सुवास आचार्यले मलाई कोरोनाग्रस्त डा. ज्ञानेन्द्र कार्कीको उपचारका लागि हामीले सबै विकल्प चलाइसक्यांै सम्भावना शून्य नै छ, तिमीले मद्दत गर्नुप¥यो भन्नुभयो । म त्रिवि शिक्षण अस्पतालको चिकित्सक त होइन तर जहाँको भए पनि सहयोग गर्छु भनें, प्रोटोकल त मसँग थियो । यसपछि मैलै एनपीएचएनमा कुरा गर्दा सकारात्मक या नकारात्मक कुनै पनि उत्तर दिनुभएन । पहिलो शुरुआत गर्ने कुरा तपाईंको विचारमा गर्नुस् भन्नुभयो । त्यसपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) मा भनेंं, त्यहाँ पनि खासै सम्बोधन गर्नुभएन । त्यसपछि हामीले आफैंले जोखिम मोलेर शुरु ग¥यौं । शुरु गरेपछि समाचार बाहिर आयो, अनि एनआरसीको उपाध्यक्षले हामीलाई नसोधी किन गरेको लाइसेन्स खारेजसम्म हुन सक्छ भन्ने चेतावनी दिनुभयो ।

कोरोना संक्रमणपछि विश्वमा यसको प्रयोग कस्तो छ ?

कन्भुलेसन प्लाज्मा थेरापी विश्वव्यापी क्लिनिकल परीक्षणकै रूपमा अपनाइएको छ । कोरोनाका बेलामा यसले के–कस्तो काम गरिरहेको छ परिणाम त पूर्णरूपमा आइसकेको छैन तर केही प्रतिशत भने काम गरेको प्रमाणित भइरहेको छ । अमेरिकामा ३५ हजार मानिसमा गरेको अनुसन्धानले २३ प्रतिशतसम्म एकदम राम्रोसँग अस्पताल बसाइ कम गराउने, छिटो निको गर्नलाई मद्दत गर्ने जस्ता परिणाम देखाएको छ । त्यसै गरी, चीनमा गरेको अनुसन्धानअनुसार पनि राम्रै देखिएको छ ।

यिनै प्रयोगलाई आधार मानी नेपालमा हामीले पनि विगत ६ महिनादेखि अझ नेपालमा कोरोना शुरु नै नहुँदैदेखि ट्रान्समिसन मेडिसिन रगत प्रत्यारोपणसम्बन्धी रक्तसञ्चार विशेषज्ञ म मात्र थिएँ । त्यसैले मैले नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटीसँग केही गर्नुप¥यो भनें । कोरोना त नेपालमा आउँछ आउँछ भन्ने थियो । यो महामारी चीन हुँदै युरोपतिर फैलिरहँदा म सरकारी निकायमा मेरो विषय बुझाउन निकै नै धाएँ तर कसैले वास्तै गरेनन् । अन्ततः यो नेपालमा प्रवेश मात्र गरेन समुदायस्तरमै फैलियो ।

एक्लो प्रयासमा प्लाज्मा थेरापी दिने योजना कसरी बनाउनुभयो ?

म ग्रान्डी अस्पताल धापासी काठमाडौंमा रहेको प्राइभेट अस्पतालमा काम गर्छु । नेपालमा कोरोना आएपछि के गर्ने भनेर प्रोटोकल बनाउन शुरु गरें । नेपालमा आइहाल्यो भने यसो गर्नुपर्छ भनेर नेपाल राष्ट्रिय ल्याब्रोटरी प्रयोगशाला (एनपीएचएन) मा गएर आफूले बनाएको खाका दिएँ । त्यसपछि नेपालमा पनि कोरोनाले प्रवेश पनि ग¥यो । अनि मात्र बल्ल उहाँहरुले चासो दिन थाल्नुभयो र ल अब प्लाज्मा बनाउँ भन्नुभयो । हामीले बनाएकै खाकालाई केही सम्पादन गरेर सरकारले राख्यो । फेरि खाका एक महिना जति त्यतिकै थन्किएर बस्यो ।

त्यसपछि मलाई रक्तसञ्चार विज्ञ भनेर जसले चिन्नुहुन्छ उहाँहरुलाई कोरोना र प्लाज्माका विषयमा मैले भनिसकेको थिएँ । कोही आईसीयूमा भर्ना भएको कोरोनाको बिरामीलाई प्लाज्मा थेरापीले काम गर्न सक्छ, त्यसका लागि म तयार छु भनेको थिएँ । त्यति बेलासम्म ल्याबमा खाका तयार भएर बसिसकेको थियो ।
यति नै बेला त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको आईसीयू इन्चार्ज डा. सुवास आचार्यले मलाई कोरोनाग्रस्त डा. ज्ञानेन्द्र कार्कीको उपचारका लागि हामीले सबै विकल्प चलाइसक्यांै सम्भावना शून्य नै छ, तिमीले मद्दत गर्नुप¥यो भन्नुभयो ।

म त्रिवि शिक्षण अस्पतालको चिकित्सक त होइन तर जहाँको भए पनि सहयोग गर्छु भनें, प्रोटोकल त मसँग थियो । यसपछि मैलै एनपीएचएनमा कुरा गर्दा सकारात्मक या नकारात्मक कुनै पनि उत्तर दिनुभएन । पहिलो शुरुआत गर्ने कुरा तपाईंको विचारमा गर्नुस् भन्नुभयो । त्यसपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) मा भनेंं, त्यहाँ पनि खासै सम्बोधन गर्नुभएन । त्यसपछि हामीले आफैंले जोखिम मोलेर शुरु ग¥यौं । शुरु गरेपछि समाचार बाहिर आयो, अनि एनआरसीको उपाध्यक्षले हामीलाई नसोधी किन गरेको लाइसेन्स खारेजसम्म हुन सक्छ भन्ने चेतावनी दिनुभयो ।

अब सबैतिरबाट यस्तो खालको रेस्पोन्स आउँछ भन्ने थाहा थियो । नयाँ काम शुरु गर्दा चुनौती त हुन्छ नै । मैले जानेको काम मैले नगरे कसले गर्ने त ? यो विषयमा त मैले पढेर आएको छु । चुनौती त मैले लिनै खोजें र चुनौती मोलेर नै हामीले यो काम गरेको पहिलो केस एकदमै राम्रोसँग सफल भयो । आम सञ्चारका माध्यमबाट बाहिर आयो ।

कतिपय मिडियाले त्रिवि शिक्षण अस्पतालमै प्लाज्मा बनाएको भनेर पनि आयो । त्यसपछिका समयमा अरूको पनि माग बढ्दै गयो, मैले नै सक्दो मद्दत गर्दै गएँ । यसपछि त्रिवि शिक्षण अस्पताल, मेडिसिटी, एपीएफ अस्पताललगायतबाट माग बढ्दै गयो । यतिका काम गरिसकेपछि सबैको चासो र माग बढ्दै गएपछि एनएचआरसीले पनि कन्भुलेसन प्लाज्मा थेरापीका लागि बल्ल हामीलाई स्वीकृति दियो ।

पहिलो प्लाज्मा थेरापी गरेर कोरोना जित्न सफल व्यक्ति डा. कार्की विराट मेडिकल कलेजका सञ्चालकसमेत हुनुहुन्थ्यो । उहाँलाई प्लाज्मा दिने व्यक्ति काठमाडौं बाहिरको नेपाली सेनामा आबद्ध सुरक्षाकर्मी हुनुहुन्थ्यो । उहाँ विदेशबाट आउनुभएको कोरोना निको भएको व्यक्ति हुनुहुन्थ्यो । शुरुमा उहाँलाई प्लाज्मा दिँदा खासै फरक पर्दैन बरु अर्को बिरामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ भनेर हामीले सम्झायौं ।

त्यसपछि उहाँ रगत दिन तयार हुनुभयो । उहाँलाई हामीले सामान्य रक्तदान मात्र हो भन्ने बुझाएपछि मात्र रक्तदान गर्नुभएको थियो । त्यसपछि हामीले आवश्यकताअनुसार प्लाज्मा बनाएर डा. कार्कीलाई प्रत्यारोपण गर्न सफल भयौं ।

एक जनाले दिने रगतबाट कति जनालाई बचाउन सकिन्छ ?

एक जना व्यक्तिबाट लिएको रगत ३ जना सम्मलाई काम लाग्छ तर त्यो खालको मेसिन नेपालमा त्रिवि शिक्षण अस्पताल र निजामती अस्पतालमा मात्र छ । यो पनि चौतर्फीरूपमा दबाब आएपछि मात्र त्रिवि शिक्षण अस्पतालमा ३ जना सम्मलाई दिन मिल्ने कम्पोनेन्ट बनाउने मेसिन चालू गरिएको हो । यसबाहेक ३५ वटा ठाउँमा एउटा व्यक्तिबाट एउटा व्यक्तिलाई मात्र दिन मिल्ने खालको मेसिनहरु छन् ।

काठमाडौंको अवस्था हेर्ने हो भने एक जनाबाट ३ जना सम्मलाई दिन सकिन्छ । देशभरको परिस्थितिलाई हेर्दा एक जनाबाट एक जनालाई मात्र दिन सकिन्छ । त्यसमा पनि निजामती अस्पतालमा भएको मेसिनले सोही अस्पतालको बिरामीको लोड नै धान्न सकेको अवस्था छैन भने त्रिवि शिक्षण अस्पतालको मेसिन चलेको केही दिनमै बिग्रिसकेको छ । त्रिविको मेसिनले केही दिन एक जनाबाट ३ जनालाई दिएर सजिलो भएको थियो । अहिले त्यो मेसिन बिग्रिएपछि पुरानै अवस्थामा एउटाबाट एउटामा मात्र दिन मिल्ने अवस्थामै फर्किएको छ ।

तपाईंले मानवको जीवन बचाउँछु मसँग ज्ञान र सीप छ भन्दा पनि सरकारको स्वीकृति लिन किन निकै संघर्ष गर्नुप¥यो ?

नेपालमा कोरोना बिरामीमा प्लाज्मा थेरापी गर्नुभनेको बिल्कुलै नयाँ औषधि परीक्षण गर्ने जस्तै विषय थियो । यो परीक्षणकालकै अवस्था थियो । परीक्षण गर्दा कुनै मान्छेको ज्यान नै जान पनि सक्छ । यो काम मैले ठूलै चुनौती मोलेर नै गरेको हुँ । मेरो संघर्ष नै मानव जीवन बचाउने उद्देश्यले गरेको थिएँ तर केही गरी पहिलो केसमै केही समस्या आइदिएको भए मेरो त क्यारियर नै डुब्थ्यो नि । संघर्ष भन्नु नै ठूलो चुनौती थियो । मलाई सरकारको कुनै पनि निकायले सपोर्ट नगरेको अवस्था थियो ।

५४ वर्षदेखि ब्लडबैंक चलाएको नेपाल रेडक्रसमा, नेपाल सरकारको आधिकारिक निकायमा मेरो क्षमता अटाउन नसक्नु नेपाल र नेपाली जनताका लागि दुर्भाग्य नै मान्नुपर्छ । नेपाल रेडक्रसमा अहिलेसम्म ट्रान्समिसन मेडिसिनको डाक्टरको दरबन्दी नै छैन र मैले सरकारसमक्ष पटक–पटक म सहयोग गर्न तयार छु भन्दा समेत सुनुवाइ नभएकोमा साह्रै दुःख लाग्छ ।

विगत ५ वर्षदेखि सरकारको सबै निकायको ध्यानाकर्षण गराउने र ट्रान्समिसन मेडिसिनका विषयमा प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादनका लागि पनि सल्लाह दिएको भए पनि सरकारले सुनेन । मैले जति प्रभाव ग्रान्डीमा बसेर पार्न सक्थें त्योभन्दा धेरै त सरकारीमा बसेर गर्न सक्थें नि । त्यो नै मेरो अहिलेको संघर्ष हो ।

काठमाडौंको बालाजु पुख्यौली भएको र आफू चाबहिल निवासी भएको नाताले पनि सरकारको निकायमा बसेर देश र जनतालाई सघाउने ठूलो इच्छा छ । मेरो हजुरबुबा शब्दसागर डिस्नेरी लेखक तथा वरिष्ठ साहित्यकार वसन्त शर्मा नेपाल हुनुहुन्छ । हामी काठमाडौंकै रैथाने हौं ।

 

प्रतिक्रिया दिनुहोस्