खेलकुदमा पहिलो अभिमुखीकरण



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफूमातहत १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखलाई अभिमुखीकरण गरेको छ । संघीय परिषद् र प्रदेश खेलकुद विकास परिषद्बीच यो पहिलो कार्यक्रम हो । प्रदेश र संघबीच समन्वय र सहकार्य शुरु भएको अर्थमा कार्यक्रम भएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइरालाले मन्तव्य राखेका थिए । उनीहरुले योजना बनाएर प्रदेश र राखेपबीच समन्वय गरी काम गर्नुपर्ने बताए ।

प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् विभागीय प्रमुख कुलबहादुर थापा तथा भण्डारीले अध्यक्ष र कर्मचारीबीच सहकार्यबारे प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्