संगीत बजाउँदै वंगुरलाई खाना ख्वाउने रोवोट



साओ पावलो,(एजेन्सी)

अहिले ब्राजिलमा वंगुरलाई खाना ख्वाउने यन्त्र मानव अर्थात् रोवोटको माग एक्कासी बढेको छ । शास्त्री संगीत बजाउँदै खाना खुवाउने ती रोवोटको माग बढ्नुको प्रमुख कारण कोभिड – १९ महामारी बढिरहेकोेबला किसानहरुले जनशक्तिको खर्च बचाउन खोज्नु हो । रोवोआग्रो नामक एक निजी कम्पनीले यसको बिक्रि वितरण गर्दै आइरहेको छ ।

यस कम्पनीले यसको मागमा ४ सय प्रतिशतले वृद्धि भएको र प्रति महिना ६० वटा बिक्रि भइरहेको जानकारी दिएको छ । यस रोवोटले खोरमा रहेका प्रत्येक वंगुरलाई हरेक दिन सही परिमाणमा खाना ख्वाउन सक्छ । यसले संगीत बजाउादा जनावरको तनावमा कमि आउने कम्पनीको दावी रहेको छ ।

रावोआग्रोका निर्देशक गियोभानी मोलनले यि रोवोटको कारण पशु फार्ममा मान उपस्थितीको संख्या कम हुनुका साथै वंगुर उत्पादनको क्रममा तिनीहरुलाई खाना ख्वाउने खर्चमा ७५ प्रतिशतले कमि आएको बताएका छन् । एउटा रोवोटले प्रतिवर्ष १ हजार वटा वंगुरलाई खाना ख्वाउँदा कृषकको ७ हजार ७ सय ९२ अमेरिकी डलर बचत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्