एक मात्र अफगान महिला जनरलको निधन



कावुल, (एजेन्सी)

अफगानिस्तानमा परम्परागत लैंगिक भुमिकालाई नयाँ रुप दिँदै तालिवान लडाकु विरुद्ध संघर्षमा उत्रिएकी एक प्रसिद्ध महिला सैनिक सर्जनको निधन भएको छ । अफगानिस्तानका एक मात्र महिला लेफ्टिनेन्ट जनरल सुहाइला सिद्धिकको शुक्रवार ७२ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको सरकारी संचार माध्यमले जनाएको छ ।

उनी विगत छ वर्ष देखि अल्झाइमर रोगबाट पिडित थिइन् । अफगान सरकारी निकायमा यति उच्च पदमा पुग्ने थोरै महिला मध्ये उनी पनि एक हुन् ।

अफगानिस्तानको थुप्रै वरिष्ठ नेता , चिकित्साकर्मि लगायत अन्य महिलाहरुले उनको मृत्यु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । उनको जन्म सनु १९४८ मा राजधानी कावुलको एक धनी परिवारमा भएको थियो । उनले दशकौं सम कवुलस्थित चार सय सैयाको सैनिक अस्पतालमा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्