ट्रम्प क्रुर विश्वासघाती भएको बताउँदै जेल पठाउनु पर्ने भतिजीको माग



वासिंगटन (एजेन्सी)

राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी मेरी ट्रम्पले उनका काका अपराधी, क्रुर र विश्वासघाती भएको आरोप लगाउँदै ह्वाइट हाउस छोडेपछि उनलाई जेल पठाउनु पर्ने बताएकी छिन् । मनोविज्ञान विद तथा लेखिका मेरीले आफना पिताका भाइ डोनाल्ड ट्रम्पका कडा आलोचक हुन् । ट्रम्प विरुद्ध मुद्दा चलाउनुले देशमा राजनितिक विभाजन झन गहिरिने धारणालाई अस्विकार गरेकी छन् ।

मेरीले एपीलाई यसै हप्ता एक अन्तरवार्तामा भनिन्, पटक पटक यसतो भनिरहनु निश्चित रुपमा अपमानजनक हो कि अमेरिकी जनता यो सँग लड्न सक्ट र हामी अब अगाडी बढ्नु पर्छ । उनले भनिन्, यदि साँच्चिकै कोही विरुद्ध मुद्दा चलाउनु पर्ने हो भने त्यो हो डोनाल्ड, अन्यथा यसको अर्थ हामी त्यो भन्दा पनि खराब ब्यक्तीलाई स्विकार गर्न आफुलाई तयार पारिरहेका छौं ।

मेरीको टिप्पणीलाई लिएर डोनाल्ड ट्रम्पका प्रचार अभियानका प्रवक्ताले भने, के उनले बेच्नु पर्ने किताबका बारेमा बताइन् । मेरी राष्ट्रपति ट्रम्पका दाजु फ्रेड जुनियरकी छोरी हुन् । उनले यसै हप्ता आफ्ना काकाका बारेमा लेखिएको किताव ‘टु मच एन्ड नेवर इनफ, हाउ माई फेमिली क्रिएटेड द वल्र्डस् मोस्ट डेन्जरस म्यान’को अर्को सृंखला ‘द रेकिनिंग’ लेख्न गइरहेकी घोषणा गरेकी थिइन् ।

परिवारका बारेमा मेरीको पहिलो किताब जुलाइमा आएको थियो । सेप्टेम्बरमा मेरीले राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका भाइ रोबर्ट ट्रम्प र उनकी बहिनी मेरीयाने ट्रम्प बेरी विरुद्ध लाखौं डलरको धोकाधडी गरेको मामिलामा मुद्दा दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्