वीरगन्जको मुटुमै रहेको मन्दिरको जग्गा ब्यक्तिको नाममा दर्ता



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मुल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा , नीजी व्याक्तिले आफनो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् । महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने घण्टघर नजिकको शीवा हस्पिटल रोडमा अवस्थित सुर्वण मन्दिरको नाममा १ कठठा ११ धुर २ कनवा जग्गा छ ।

मन्दिरको सार्वजनिक उक्त जग्गा मध्ये ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफनो नाममा रजिष्ट्रेशन पास गराएकी हुन् । मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एक्साभेटर लगाएर जग खनेपछि आज बिहान वडा अध्यक्ष सहितका स्थानीयले त्यहा पुगेर विरोध जनाएका हुन् ।

शुक्रबार बिहान वडा अध्यक्ष, हिन्दुवादी अगुवा र स्थानीयको भिडले निर्माण कार्यमा अवरोध गरेपछि केहि बेर तनाव समेत भएको थियो ।सम्भावित झडपलाइ मध्यनजर गरि मन्दिरको उक्त जग्गामा प्रहरी पनि परिचालन गरिएको थियो ।मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा , नीजी व्याक्तिको नाममा रजिष्टेसन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा नीजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावीन पनि दिएका छन् ।

मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, मुभाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जि तरिकाले आफनो नाममा गराएको स्थानीयको भनाइ छ ।२०४७ सालको नापी अनुसार , साविकको वडा नम्बर १० र अहिले वडा नम्बर ८ स्थित कित्ता नम्बर ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गा , एक राणा परिवारले २०४९ साल बैशाख १३ गते सुर्वण मन्दिरको नाममा दान गरि रजिष्ट्रेसन पास गरिदिएका थिए ।

मन्दिरको नाममा रजिष्टेशसन पास गरिएको ७ वर्ष पछि २०५६ साल पुष २ मा कित्ता नम्बर ५ बाट कित्ताकाट गराइ ७ धुर जग्गाको कित्ता नम्बर ३०२ कायम गरिएको देखिन्छ ।त्यस बिचमा मन्दिरको १ कठ्ठा ११ धुर २ कनवा जग्गा जग्गा मध्ये १० धुर जग्गा ४ पटक खरिद बिक्री भएको देखिन्छ ।२०५१ साल साउन १६ गते मन्दिरको नाममा रहेको १० धुर जग्गा , रतन कुमार शर्माले मुरलीधर शर्मासंग खरिद गरि आफनो नाममा रजिष्ट्रेसन पास गरेको देखिन्छ ।

त्यसपछि २०५६ साउनकै २६ गते त्यहि जग्गा रतनले आशदेवी अग्रवालको नाममा पास गरि बिक्री गरेको देखिन्छ ।आशादेवीले भने २०५६ /०६/२५ मा १० धुर मध्येको ७ धुर जग्गा बिक्री गरि वासुदेव माडवारीको नाममा रजिष्ट्रेसन पास गरि बाँकी ३ धुर जग्गा भने आफनै नाममा राखेको देखिन्छ ।अहिले जग्गाको धनी भएको दाबी गर्ने नसीमा खातुनले भने बासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६ साल कात्तिक १७ गते आफनो नाममा रजिष्ट्रेसन पास गराएको देखिन्छ ।

मन्दिर र मन्दिरको जग्गा रहेको वडा नम्बर ८ का वडा अध्यक्ष राज किशोर गुप्ताले भने खातुनले आफनो नाममा पास गराएको जग्गा मन्दिरको सार्वजनिक जग्गा नै भएको बताउनुभयो ।मन्दिरको जग्गा सार्वजनिक हुने र त्यो खरिद बिक्री गर्नै नमिल्दैन भन्दै उहाले तर भुमाफीयाहरुले रकमको चलखेल गरि ४÷४ पटक सम्म किनबेच गराएको अवस्था भेटिएको बताउनुभयो ।

उहाले खातुनले जग्गामा नीजी संरचना निर्माणका लागि नक्सा पासको सिफारिस माग्न वडा कार्यालय आउदा आफुले मन्दिरको जग्गामा नमिल्ने भन्दै फर्काइ दिएको बताउनुभयो ।मन्दिरको जग्गाको कागजात संकलन गरेर राखेका स्थानीय युवा रन्जित साहले करोडौै मुल्यको जग्गामा आखा लगाएर भुमाफीयाहरुले मन्दिरको जग्गा जालसाजी गरि नीजी बनाउन खोजेको बताउनुभयो ।

जग्गा मन्दिरकै हो भनेर प्रमाणीत गर्ने सबै सरकारी कागजपत्र आफुसंग सुरक्षित रहेको भन्दै उहाले मन्दिरको जग्गा र सम्पति संरक्षणका लागि आफुहरु जस्तो सुकै कदम उठाउन पनि तयार रहेको बताउनुभयो ।यता जग्गाको धनी दाबी गर्ने नसीमाका भाइ जौवाद आहमदले २०५६ सालमा आफनो बहिनीले बासुदेवबाट माडवारीबाट ७ धुर जग्गा खरिद गरेकाले मन्दिरको जग्गा नभएको दाबी गर्नुभयो ।नापी शाखाका अमिनले आएर आफुहरुको ७ धुर जग्गा छुटयाएर गएको भन्दै उहाले नीजी जग्गामा घर बनाउनका लागि नगरपालिकाले नक्सा पास नगरिदिएर अपठ्यारोमा पारिदिएको गुनासो पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्