३ हजार वर्ष पुरानो सुनको गहना भेटियो



तेल अभिव (एजेन्सी) ।

इजरायलमा एक उत्खननका क्रममा ३ हजार बर्ष पुरानो गहना एक दुर्लभ टुक्रा प्राप्त भएको छ । सुनको गहनाको उक्त टुक्रा टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न ९ बर्षका केटाले भेटाएको हो । यो परियोजना १६ बर्ष पहिला २००४ मा शुरु गरिएको थियो । यसमा विश्वकै ब्यवसायिक तथा सौखिन पुरातत्वविदको टोली जेरुसलमको टेम्पल माउन्ट नजिकै माटोको ढिस्कोमा खोज गरिरहेका थिए ।

विगत १६ बर्षमा यस परियोजनामा पुरातत्वविदलाई प्राचिन मुद्रा तथा माटोका भाँडा सहित ४ हजार ८० हजार भन्दा बढी कलाकृतिहरु प्राप्त भइसकेको छ । तर यो स्थानमा सुनले बनेको कुनै बस्तुको खोज वास्तव मै दुर्लभ भएको बताइएको छ । किनभने फस्र्ट टेम्पलको कालखन्डमा इजरायलमा बहुमल्य धातु सुन ब्यापक रुपमा उपलब्ध थिएन ।

यो सुनको टुक्रा एक ९ बर्षका केटाले गरेपछि पुरातत्वविदहरु उत्साहित भएका छन् । ती केटाको नाम बिन्जामिन मिल्ट हो । उनले फस्र्ट टेम्पल कालखन्डको उक्त टुक्राको खोज यसबर्षको गर्मी मौसममा गरेका थिए । यद्यपी त्यतिबेले सुनको यो टुक्रामाथि त्यति धेरै ध्यान दिइएको थिएन ।

फस्र्ट टेम्पल समयको सुनका आभुषण सायदै कहिले कुनै पुरातत्वविदको हात परको हुन सक्ने इजरायलका एन्टिक्विटिज अथोरिटीका पुरातत्वविद डाक्टर अमिर गोलानीले बताए । त्यतिबेला चाँदीको पर्याप्त मात्रा मिसाएको सुन मात्र थियो । प्राचिन इजिप्टमा सुनलाई सुद्ध पार्ने, त्यसलाई चम्काउने र त्यसको संरक्षण गर्ने प्रविधिको खोज भएको थियो ।

उक्त सुनको टुक्रामा उत्कृष्ट कला कुँदिएको छ । यसमा गोलो गोलो खाका बनाइएको छ । यो कुनै मेसिनले बनाएको बुट्टा जस्तो देखिन्छ । यो टुक्रालाई असाधारण रुपमा संरक्षित गरिएको थियो । जसले यसको चम्किलोपना ३ हजार बर्षपछि पनि कायम थियो ।

प्रतिक्रिया दिनुहोस्