ईयू ब्रेक्जिटपछिको व्यापार सम्झौताको पक्षमा छ : जर्मनी



एजेन्सी । युरोपेली संघ ९ईयू० ले बेलायतको संघबाट बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौता गर्न चाहेको जर्मन सरकारले शुक्रबार बताएको छ । जर्मन सरकारले सम्झौता गर्नुको विकल्प ईयूले नसोचेको तर यसका लागि आफ्नो सिद्धान्त र नीतिको विपरित हुनेगरी कुनै थप मूल्य चुकाउन भने नसक्ने जर्मनीका अधिकारीले बताएका हुन् ।

“हामीलाई थाहा छ समय सकिएको छ,” जर्मन चान्सलर एन्जेला मार्केलका प्रवक्ता स्टेफेन सिबर्टले भन्नुभयो । “ईयूले संयुक्त अधिराज्य ९बेलायत०सँग सम्झौता गर्न तयार छ तर यसका लागि कुनै अतिरिक्त मूल्य चुकाउन नचाहनु स्वभाविक हो ।”

उहाँले बर्लिनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “सबैका आ–आफ्ना सिद्धान्तहरू हुन्छन् । सम्झौताका लागि निश्चित सीमा छन् र यसलाई काट्नु भनेको संघको गठन र हित विपरीत हुन जान्छ । सम्झौताका लागि ईयूले प्रस्तुत गर्दै आएका आधारभन्दा थप लचकता अपनाउन असम्भव रहेको उहाँले थप्नुभयो ।

प्रतिक्रिया दिनुहोस्