स्रोत नखुलेको २४ लाख रुपैयां र मोटरसाईलसहित १ पक्राउ



यमलाल भुसाल, बुटवल ।

रुपन्देही प्रहरीले सोत्त नखुलेको चौबिस लाख रुपैयां र मोटरसाईल सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं३ भैरहवा बसपार्क नजिकै प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा सुनौली बाट भैरहवा तर्फ आउँदै गरेको लु.४३ प.१२३१ नम्वरको मोटरसाईकलमा उक्त रकम सहित सम्मरीमाई गा.पा. वडा न ६ वस्ने वर्ष ३२ को प्रमोद कुमार गुप्तालाई पक्राउ गरेको छ ।

मोटरसाईकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोराको झोला र निजको शरिर समेतको खान तलासी गर्दा ५सय र .१हजारका बिटा बनाई राखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा निजले रकमको आय श्रोत खुलाउन नसकेकोलेले प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।

प्रहरीले गुप्ताले चढीकोे मोटर साईकल सहित आवश्यक कारवाहीको लागी बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्