लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ८३ महिला र २१५ पुरुषको मृत्यु



यमलाल भुसाल, बुटवल ।

कोरोना माहमारी शुरु भए पछि लुम्बिनी प्रदेशमा २९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट यो प्रदेशमा भएको मृत्युको तथ्याङकलाई हेर्दा १६ देखि ५९ वर्ष उम्मेर समुहका मानिस बढी जोखिममा परेको र मृत्यु भएको छ ।

प्रदेशको १२ जिल्ला मध्ये सवै भन्दा बढी रुपन्देही जिल्लामा १२३ जनाको ज्यान गएको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले बताउनु भयो ।

प्रदेशको रुकुम पूर्वको जिल्लामा भने कोरोनासंक्रमणबाट हालसम्म एकजनाको पनि ज्यान गएको छैन । प्रदेशमा कोरोना संक्रमणवाट ८३ जना महिला र २१५ जना पुरुषको मृत्यु भएको छ । प्रदेशको कपिलवस्तु जिल्लामा ७ महिला १४ पुरुष गरि २१ जना, दाङमा ६ महिला २६ पुरुष गरि ३२ जना,पाल्पामा ७ महिला १६ पुरुष गरि २३ जना, बांकेमा १३ महिला २५ परुष गरि ३८ जना, र गुल्मीमा १ महिला १० पुरुष गरि ११ जनाको मृत्यु भएको मन्त्रालयका सूचना अधिकारी डा. पौडेलले बताउनु भयो । त्यस्तै अर्घाखांचीमा ९ जना पुरुषको , प्युठानमा ४ जना पुरुषको, बर्दियामा ७ जना पुरुषको, नवलपरासी पश्चिममा ९ महिला १८ पुरुष गरि २७ जनाको र रोल्पामा १ महिला र २ पुरुष गरि ३ जनाको कोरोनाका कारण ज्यान गएको छ । उम्मेर समुह अनुसार १५ वर्ष मुनीका ३ जना र ६० वर्ष माथीका १२५ जनाको ज्यान गएको मनत्रालयको तथ्यांङकले देखाएको छ ।

यो प्रदेशमा विहिवार सम्ममा ६१६ स्वास्थ्यकर्मी संक्रमित भएकोमा ३ जनाको मृत्यु भएको छ भने ३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हाल २१४३ जना उपचाररत रहेका छन भने २१ हजार ४५३ जना निको भएका छन । प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि ४४८हालसम्म आईसियूमा राखेर उपचार गराईएको र शुक्रवारसम्ममा ६० जना अझै आईसियूमा उपचाररत रहेका छन ।प्रदेशमा कोरोना सक्रमित भएका मध्ये गुल्मीमा,रोल्पामा र रुपन्देहीमा १ एक जना गरि ३ जनाले आत्म हत्या गरि ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्