अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानका वडाध्यक्ष पक्राउ



सरिता चलाउने, सल्यान । 

सल्यानमा महिला सहित वडा अध्यक्ष पक्राउ परेका छन । अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट नियन्त्रणमा प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष सँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी लक्ष्मण ओलीले बताउनु भयो ।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा पक्राउ गरेको उहाँले बताउनु भयो । आरोपीत दुबैजना लाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्