कोरोना रोकथाम र समृद्धिका लागि संयुक्त कार्य : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य



न्युज अफ नेपाल, काठमाडौ । 

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस, २०७७ का अवसरमा कोभिड १९ रोकथाम र समृद्धिकालागि संयुक्त कार्यः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य भन्ने मूल नाराका साथ शनिवार देशभर मनाइँदै छ ।

प्रभावकारी स्वास्थ्य सेवाले मानव जीवन गुणस्तरीय बनाउन्छ त्यसले आर्थिक र सामाजिक विकासलाई टेवा पुर्‍याइ देशलाई समृद्धि तर्फ लैजान्छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यप्रवर्दनमा र स्वास्थ्य सेवाको उपभोग वृद्घि गर्न आ आफ्नो क्षेत्रमा क्रियाशिल छन् । उँहाहरुको भूमिकाबाट स्वास्थ्य क्षेत्रले समग्र नेपाललाई समृद्धि तर्फ अघि वढाउने कार्यमा योगदान पुगेको छ । कोभिड १९को विश्वव्यापी महामारीले निम्त्याएको वर्तमान परिस्थितिमा समेत कोरोना रोकथाम तथा सचेतना प्रवर्दनमा भूमिका निर्वाह गरेका छन् ।

कोभिड १९ रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड व्यक्ति व्यक्ति बिच २ मिटरको भौतिक दुरी कायम गर्न, घर बाहिर जाँदा सही तरिकाले मास्कको अनिवार्य प्रयोग गर्ने र साबुन पानीले वा स्यानिटाईजरले मिचि मिचि २० सेकेन्ड हात धुने नियमको पालना गर्न र गराउने कार्यमा उहाँहरु अहोरात्र खट्नु भएको छ ।

देशभर ५१ हजार ४ सय २० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् । उहाँहरुले समुदायस्तरमा सुरक्षित मातृत्व, भिटामीन ए, नवजात शिशु, आमाको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरु, गर्भवति महिला र सुत्केरी पश्चात आइरन चक्कि, झाडपखाला लागेका बच्चाहरुलाई जीवनजल तथा जिंक चक्की, तथा जुकाको औषधीको बितरण लगायत जनचेतना जगाउने कामहरु गदै आएका छन् ।

स्थानिय सामाजिक अवस्था, संस्कृति र समुदाय बुझेका स्वयंसेविकाहरूले स्वास्थ्य आमा समूहको परिचालन र सहजीकरणको साथै स्थानिय स्वास्थ्य संस्थाहरूसँगको समन्वयमा बिभिन्न कार्यहरू गरिरहेका छन् । स्वयंसेवी भावनालाई आत्मसात गरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएका योगदानको कारण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई “समुदायको साँचो” संज्ञा दिएको छ र सोहि अनुरुप नै कार्यहरु भइरहेका छन् ।

यसै सन्दर्भमा १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धिका बिविध कार्यक्रम, सूचना सम्प्रेषण, स्वास्थ्य प्रबर्धन, अनुभव आदान प्रदान सहित नयाँ प्रविधिको प्रयोग मार्फत् सूचना र समसामयिक विषयमा ज्ञान र सीप अभिवृद्धिको लागि हुँदै आएका प्रयासलाई निरन्तरता दिइनु आवश्यक छ ।

यस दिवसको अवसरमा देशको बिकट भौगोलिक क्षेत्रलगायत अन्य क्षेत्रमा समेत रहेर योगदान पुर्‍याईरहनु भएका सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुको उच्च कदर गर्दै यो दिवसको अवसरमा सबै नागरिकले आफ्नो क्षेत्रमा काम गर्नु हुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भुमिकाको स्मरण र सम्मान गर्न सबैसँग अपिल गरेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभाग, टेकुका निर्देशक रोशनी लक्ष्मी तुइतुईले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सञ्चालन गर्दै आउनु भएको आमा समूहको वैठकमा आमाहरूको सहभागिता आव २०७५÷७६ मा बढेको पाइयो । साथै अन्य सेवामा समेत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य योगदान रहेको छ । उनीहरूले स्वयंसेविकाका रूपमा समुदायमा गरेको योगदानका केही तथ्याङ्क तल प्रस्तुत गरिएको छ ।

आ.व २०७५/७६ को उपलब्धिः

सेवा आर्थिक वर्ष                                  २०७३/७४           २०७४/७५           २०७५/७६
पिल्स वितरण (साइकल संख्या)               ८०८,१३८       ६९७,८५२               ६९२,०१०
कण्डम वितरण(गोटा संख्या)                   ९,९८३,३७९     ९,००६,२४८            ८,७५९,६२४
आइरन टयावलेट वितरण                       ७१७,२६७        ६६४,१६२               ७१८,२८५
आमा समूहको बैठकमा सहभागी              ५०६,९०९        ५१७,२८५               ५२०,१०१

त्यसैगरी प्रसूति सहायता महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमै प्रसूति सहायता समेत प्रदान गरेका छन् । आव २०७५/७६ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ८५ हजार २ सय २३ सुत्केरीलाई मायाको अंगालो सुरु गर्न सहयोग गरे । यस्तै ७४ हजार ९ सय ७७ लाई नाभी मलम लगाउन सघाए भने १६ हजार ५सय ६१ जनालाई सुत्केरी पश्चात रक्तश्राव रोक्न मिसोप्रोस्टल चक्की वितरण गरे।

आ.व. २०७५/७६ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमा सुत्केरी भएका आमा र शिशुलाई दिएका प्रसूति सेवा
प्रदेश सुत्केरी पश्चात आमा र शिशुलाई मायाको न्यानोमा रहन सल्लाह नाभी मलम लगाएको संख्या आमालाई मिसोप्रोस्टल टयावकेट

वितरण संख्या

प्रदेश १                  १३,७३५      १३,२४३     ३,८७३
प्रदेश २                  ४०,७८०      ३४,७२६     ४,२४३
बागमति प्रदेश        ६,९२२        ५,२७५       २,६१२
गण्डकी प्रदेश         २,८५१         २,७९६       ७७२
लुम्बिनि प्रदेश       १०,८२३        ९,१९९      २,२४३
कर्णाली प्रदेश        ६,२३१          ६,१८५      २,०४७
सुदुरपश्चिम प्रदेश  ३,८८१           ३,५५३      ७७१
राष्ट्रिय कुल          ८५,२२३         ७४,९७७    १६,५६१

आ.व. २०७५र७६ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमा सुत्केरी भएका आमा र शिशुलाई २४ घण्टाभित्र, तेस्रो दिन, र सातौ दिनमा भेटेकोप्रदेश सुत्केरी र शिशुलाई २४ घण्टा भित्र भेटेको सुत्केरी र शिशुलाई तेस्रो दिनमा भेटेको सुत्केरी र शिशुलाई सातौ दिनमा भेटेको

प्रदेश                        १ १०,८८७      १३०४८          १३,१५४
प्रदेश २                     ३७,४००         ३७,५७२         ३७,७६७
बागमति प्रदेश           ६,०२५           ६१७३            ६२२१
गण्डकी प्रदेश             २६०५           ३१७६             ३७४१
लुम्बिनि प्रदेश           ८४७८           १२९६७           १२३०१
कर्णाली प्रदेश            ६०७४            ५७७८             ५२८९
सुदुरपश्चिम प्रदेश     ४०५३             ५२९५             ५७२९
राष्ट्रिय कुल             ७५५२२           ८४००९           ८४२०२

पोषण सेवा :

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमै पोषण सेवा पनि प्रदान गरेका छन्। आव २०७५÷७६ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ८९ हजार ८ सय ९७ जनालाई जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने सल्लाह दिएका छन भने १ लाख ६१ हजार ४ सय ९९ जना सुत्केरीलाई भिटामिन ए वितरण गरेका छन् ।

आ.व. २०७५/७६ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमा प्रदान गरिएको पोषण सेवा
प्रदेश जन्मेको १ घण्टा भित्रमा स्तनपान सुत्केरीलाई भिटामिन ए वितरण

प्रदेश १                           १४,६७२          ३१,४८४
प्रदेश २                           ४३,१५८          ६३,३२३.२
बागमती प्रदेश                 ७,६१३            १८,६१०
गण्डकी प्रदेश                  ३,०६५             ८,२३२
लुम्बिनी प्रदेश                १०,३२२            २०,२३२
कर्णाली प्रदेश                 ६,७८७              ११,११६
सुदुरपश्चिम प्रदेश           ४,२८०             ८,५०२
राष्ट्रिय कुल                 ८९,८९७            १,६१,४९९

प्रतिक्रिया दिनुहोस्