नेसन्स लिगको ड्र सार्वजनिक



लन्डन, (एजेन्सी) ।

युइएफए नेसन्स लिगअन्तर्गत यस सिजनको सेमिफाइनलको ड्र सार्वजनिक गरिएको छ ।

युइएफएले बिहीबार राति सार्वजनिक गरेको ड्र अनुसार पहिलो सेमिफाइनल खेल इटाली र स्पेनबीच सान सिरो रंगशालामा हुने भएको छ । त्यसैगरी, अर्को सेमीफाइनलमा फ्रान्सले बेल्जियमलाई प्रतिद्वन्दी पाएको छ । फ्रान्स र बेल्जियमको खेल भने युभेन्ट्सको रंगशालमा हुनेछ ।

युइएफएले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल २०२१ को अक्टोबर ६ देखि ११ तारिख बीचमा हुने बताइएको छ । जसअनुसार फाइनल खेल ११ तारिखमा खेलिनेछ । फाइनल खेल सान सिरो रंगशालामा हुनेछ । गत संस्करणको उपाधि विजेता पोर्चुगल भने यसपटक समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्