प्रदेशमा हुने सम्पूर्ण नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)



काठमाडौं ।

नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु । घरपरिवारको खुसीका लागि प्रदेशीएका प्रदेशीहरु आफु भने कहिल्यै खुसी हुन सक्दैनन् । घर परिवारलाइ खुसी किन्न प्रदेशीएका धेरै युवाहरुको आसु र वेदना घर परिवारको यादमा बहन्छ ।

यस्तै मार्मिक कथालाइ बुनेर गायक सर्जक हरि सुनारले शब्द संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

गितको भिडियोले गरिबिको कारण प्रदेशमा दास बनि स्वदेर फिर्न नपाएका युवाहरुको मर्म र परिवार प्रतिको मायालाई समावेश गरिएको छ । गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन्। गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्