बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग



कालीबहादुर मल्ल, कालिकोट ।

तिलागुफा नपा–११ ढिम्नीया घर भइ नेपाली सेनामा कार्यरत २२ वर्षीय वीरेन्द्र शाहीबाट बलात्कृत भएकी १६ वर्षीया बालिकालाई कानूनी सहायताको लागि इन्सेकले शुक्रबार बिहान आर्थिक सहयोग गरेको छ ।

पीडित बालिकालाई कालिकोट स्थित रणसुर गुल्मका जवान शाहीले भदौ १३ गते बलात्कार गरेको पीडितको आरोप थियो ।

बालीकाको आर्थिक अवस्था कमजोर भएका कारण पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहयोगको माग गर्दै मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिएकी थिइन ।

मानवअधिकार सहायता कक्षल इन्सेक कालिकोट जिल्ला प्रतिनिधि मार्फत पीडितको नेपाल बारएसोशियसन कालिकोका अध्यक्ष दमनराज बमको र पत्रकारको रोहबरमा नगद १० हजार सहयोग गरिएको हो ।

भदौ १३ गते बलात्कृत बालिकाले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । आरोपित शाहीलाई सैनिक गुल्मबाट असोज ७ गते प्रहरीले झिकाई गिरप्तार गरी असोज २३ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्