नास्पाती खाएर लोखर्के मात्तियो



न्युयोर्क, (एजेन्सी)
अमेरिकाको मिनेसोटामा नास्पाती खाएर एक लोखर्के मात्तिएको भिडियो सार्वजनिक भएपछि सबैको ध्यान त्यतै मोडिएको छ ।
की एक महिलाले घरमा सरसफाइ गर्ने क्रममा रेफ्रिजेरेटरबाट केही बिग्रेका नास्पाती निकालेर बाहिर लोखर्केले खाओस् भनी राखिदिएकी थिइन् । तर, ती नास्पातीमध्ये एउटा कुहिएर रक्सी पार्न सक्ने स्थितिमा पुगिसकेको रहेछ ।
त्यही नास्पाती खाएर मात्तिन पुगेको एउटा लोखर्केको उनले भिडियोसमेत खिचेकी छिन् । क्याटी मोर्लोकले मिन्निपोलिसस्थित फक्स न्युजलाई भनेकी छन्– ‘त्यो लोखर्केले कुहिएको नास्पातीको सानो टुक्रा खाएर भाग्यो । केही समयपछि फर्कंदा त त्यसको हालत खराब भइसकेको थियो । मैले कुरा बुझ्नासाथ त्यो कुहिएको नास्पाती अन्यत्र सुरक्षित स्थानमा फ्याँकिदिएँ ।

भिडियोमा मात्तिएको लोखर्केको खुट्टा काँपेको तथा टाउको झुलेको स्पष्ट देखिन्छ । प्रायशः आफ्नो घरको आँगनमा आइरहने यस लोखर्केलाई क्याटीले ‘लिल रेड’ नाम दिएकी छन् । उनले यस घटनाको भोलिपल्ट आउँदा लोखर्के फ्रेस देखिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्