पर्यटकीय तथा धार्मिक क्षेत्र नौकुण्ड ओझेलमा



सरस्वती न्यौपाने, (रसुवा)

रसुवाको करिब १४ हजार फिटको उचाइमा अवस्थित नेपालको वागमती प्रदेशमा पर्ने पर्यटकीय तथा धार्मिक क्षेत्र नौकुण्ड ओझेलमा परेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको यस कुण्ड वरिपरि विभिन्न कुण्ड रहेका छन् । लम्बेकुण्ड, नागकुण्ड, राजारानीकुण्ड, छेडाकुण्ड, एक्लेकुण्ड, कामी–कमिनी कुण्ड र अन्य दुई कुण्डको पेरिफेरोमा परिचित छ तर नौकुण्ड भने कमैलाई थाहा छ । यसै कुण्डबाट गाउँपालिकाको समेत नाम गरिएको छ ।

रसुवा जिल्लामा अवस्थित नौकुण्ड जानको विभिन्न पदर्मागहरु रहेका छन् । कालिका गाउँपालिका मा पर्ने पासाङल्हामु राजर्मागको कालिकास्थानबाट जीवजिबे, ज्यङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोका भञ्ज्याङ, नचोक शेर्मा, बक्सार परालथला हँुदै नौकुण्ड पुग्न सकिने मार्ग एउटा हो भने नुवाकोटको विदुरबाट चोकदे, लच्याङ, सरमथली, पा¥च्याङ, ला¥च्याङ, यार्सा, सिम्बन्दी शर्मा, बकसार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदर्माग काठमाडांै बूढानीलकण्ठबाट र नुवाकोट दुप्चेश्वरबाट सागरकुण्ड हुँदै यस क्षेत्र मा प्रवेश गर्न सकिन्छ । सुन्दरीजल वा मेलम्चीबाट ठाडेपाटी घोप्टे फेदी सूर्यकुण्ड गोसाइँकुण्ड भैरवकुण्ड हँुदै तथा रसुवाको सदरमुकाम धुन्चेबाट पनि नौकुण्ड जान सकिन्छ ।

कोही कसैको चासो र नौकुण्ड पनि छ धार्मिक तथा पर्यटकीयस्थल हो भन्ने कुरा को गाउँपालिकाले पनि चासो दिएर लागिपरेको छ । उचित प्रचारप्रसारका कारणले ओझेलमा छ ।

कुण्डैकुण्ड, मठ–मन्दिरको जिल्ला नौकुण्डभित्र धेरै घुम्नलगायतका ठाउँहरु रहेका छन् । जसले यस पालिकालाई चिनाएको छ । मिश्रित जातजाति भएको त्यस ठाउँमा अनेकतामा एकता रहेको छ । लम्बेकुण्डलगायतका नौकुण्ड यसै गाउँपालिकाभित्र पर्दछन् ।

हेर्न लायकका ठाउँहरुलाई छोडेर हामी विदेश जान्छौं तर यस्ता ठाउँहरु पैल्याएर आफ्नै देशका ठाउँहरु मा घुम्न गए आर्थिकरूपमा अगाडि बढ्ने सम्भावना रहेको छ । नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामा भन्नुहुन्छ– ‘हामीले सक्दो प्रयास गरिरहेका छौं ओझेलमा रहेका सबै कुण्डलाई मन्दिर र गुम्बालगायत रमणीय ठाउँहरुको प्रचार गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्