तलब बढाईदिन सहयोगी कार्यकर्ताको माग



रामधन राई, खोटाङ

खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कार्यरत प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले तलव वृद्दिको माग गरेका छन् ।

हाल सरकारले उपलव्ध गराउँदै आएको तलव अत्यन्तै न्यून भएको भन्दै बाल विकास केन्द्रमा कार्यरत वालबिकास शिक्षक संगठनले समय सापेक्षित रुपमा तलब बृद्दिको माग गरेका हुन् ।

सरकारले श्रमिकको ज्याला समेत १३ हजार ४ सय ५० तोकेको अवस्थामा वालबिकास शिक्षकलाई दिइएको तलव समय सापेक्ष नभएको गुनासो गर्दै खुला पत्रमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।

वालबिकास शिक्षकले दीर्घकालिन रुपमा सङ्घीय शिक्षा ऐनमार्फत पेशागत स्थायित्व हुने व्यवस्था मिलाउन खुला पत्रमार्फत गाउँपालिका समक्ष माग गरिएको छ ।

वालविकास शिक्षकलाई मासिक ६ हजार उपलब्ध गराउनु समय सान्दर्भिक नभएकाले तत्काल समय सुहाउँदो तलव भत्ता व्यवस्थापन गर्न र दीर्घकालिन रुपमा सङ्घीय शिक्षा ऐनमार्फत पेशागत स्थायीत्व हुनेगरी व्यवस्था मिलाउन पत्रमार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्