ससर्त हार स्विकार्न ट्रम्प तयार



वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन् । ट्रम्पले यदि चुनाव नतिजा सटिक आउँछ भने आफु हार स्वीकार्न तयार रहेको बताए । तर उनले फेरी एक पटक राष्ट्रपति चुनावको मतगणनामा ब्यापक स्तरमा धाँधली भएको र चुनावी गलत अभ्यास भएको आरोप दोहोर्याए ।

नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्र्याटिक पार्टीका नेता जोय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराएको हो । ट्रम्पले यो हारलाई अस्किार गर्दै चुनाव नतिजा विरुद्ध कानुनी चुनौदी दिएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा आफना समर्थकहरुसँग चुनावमा हारलाई नराम्रो नठानेको बताए । म निष्पक्ष तथा स्वतन्त्र रुपमा भएको चुनावमा हुने हारलाई स्विकार गर्छु ।

अमेरिकी जनतासँग धोका नहोस भन्ने आफुले चाहेको बताउँदै चुनाव नतिजा सटिक हो भने हार स्विकार्न तयार भएको उनले बताए । बाइडेनले पनि त्यसतै चाहेको हुनुपर्ने आफुले अपेक्षा गरेको उनले थपे ।

प्रतिक्रिया दिनुहोस्