आज थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि, २१११ संक्रमित डिस्चार्ज



न्युज अफ नेपाल,काठमाडौं ।

बिहीबार थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यससंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ। त्यस्तै, आज थप १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्