मंसिर २२ मा बिवाह गर्दै नायिका श्वेता खड्का



न्युज अफ नेपाल,काठमाडौं ।

नायिका श्वेता खड्का यही मंसिर २२ गते बिवाह गर्दैछिन् । धनगढीका विजयन्द्र सिहं रावतसँग उनको बिवाह हुँदैछ । बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईएको छ । उनीहरु केही समयदेखि प्रेममा रहेको बुझिएकोे छ ।

नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसंग २०७१ साल असार २३ गते बिवाह भएको छ । बिवाहको एक महिनापछि श्रेष्ठको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्