बढ्यो सुनको मूल्य



काठमाडौं ।

नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु (सुन)को मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले उकालो लागेको छ । बुधबारका तुलनामा बिहीबार छापावाला सुन प्रतितोला १ हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० रुपैयाँ प्रतितोला कायम भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुन पनि तोलामा १ हजार ६०० रुपैयाँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्