एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक 



काठमाडौं, (नेस)

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।

नयाँ भ्वाइस प्याक मंसिर १८ गतेबिहीबारदेखि ग्राहकका लागि उपलब्ध हुनेछ र  प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् ।

एक घण्टाको भ्वाइस प्याकअन्तर्गत प्रिपेड ग्राहकले करसहित १७ मा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । जसमा ग्राहकले २८ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवा लिन सक्नेछन् ।

एनसेल नेटवर्कभित्र कल गर्न विद्यमान् शुल्क प्रतिमिनेट करसहित रु.२.५४ रहेको छ । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा शुरु हुनेछ ।  प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८एस्ट्रिक्स ८ह्यास डायल गरी एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीनदिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक करसहित रु. ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा तीनदिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् ।

यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र करसहित २१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्