‘नयाँ उद्यम गर्न नीतिगत समस्या’



काठमाडौं, (नेस)

नेपाल राष्ट्र बैंकले सार्कस्तरीय एक दिने भर्चुअल सेमिनार आयोजना गरेको छ । उक्त कार्यक्रममा सार्क राष्ट्रका केन्द्रीय बैंकका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिबी न्यूनीकरणमार्फत दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न वित्तीय समावेशीकरण अपरिहार्य रहेको बताउनुभयो ।

दक्षिण एसियाली राष्ट्र अहिले पनि गरिबीको चपेटामा रहिरहेको उल्लेख गर्दै उहाँले बदलिँदो परिस्थितिमा उद्यम व्यवसाय सञ्चालन गर्न कठिनाइ रहेको र यसका लागि विभिन्न नीतिगत परिवर्तनमार्फत सम्बोधन गरिएको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमको व्यावसायिक सत्रमा सार्क राष्ट्रका केन्द्रीय बैंकका तर्फबाट देशगत प्रस्तुति दिइएको थियो । कार्यक्रमको तेस्रो व्यावसायिक सत्र प्यानल छलफल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्