ताराको पछ्यौरी सार्वजनिक



गीतकार तारा अधिकारीद्वारा रचित गीत पछ्यौरीको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशीला थापाको अभिनय छ। गीतको म्युजिक भिडियोमा कोरियोग्राफी राजीव समरको छ । बुद्ध थापाले क्यामरा चलाएको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ। नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ। गीतकार तारा अधिकारीका यसअघिका गीतको भिडियोलाई दर्शकले मन पराइसकेका छन्। उनको गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतलाई दर्शकको निकै राम्रो साथ मिलेको छ।

प्रतिक्रिया दिनुहोस्