आफ्नै आमाद्वारा तीस वर्षसम्म घरभित्रै थुनिएका व्यक्तिको उद्दार



स्टकहोम, (एजेन्सी) ।

स्विडेनी प्रहरीले राजधानी स्टकहोमको एउटा उपनगरमा आफ्नो छोरालाई झण्डै तीस वर्ष सम्म घर भित्रै थुनेर राखेको अभियोगमा एक वृद्ध महिलालाई गिरफतार गरेका छन् । तर आफ्नो करिव चालिस वर्षिय छोरालाई प्रहरीले चोट पटक लागेको र दुर्गन्धित अवस्थामा भेटाएपनि ति महिलाले छोरोलाई कैदी र चोट पुर्‍याएको आरोप भने अस्विकार गरेकीछन् ।

हालै मात्र ति वृद्धालाई अचानक बिरामी परेर अस्पताल लानुपर्ने स्थिती आउँदा उनका एकजना नातेदारले उनको छोरोलाई बेहाल अवस्थामा फेला पारेका थिए । अहिले नाम नखुलाइएका ति व्यक्तिको चोटपटक लागेको स्थानमा अस्पतलमा शल्यक्रिया भइरहेको प्रहरीले बताएका छन् ।

राजधानीको दक्षिणी उपनगर ह्यानिन्ज स्थित ति वृद्धाको अपार्टमेन्ट सिल गरिएको छ । प्रहरीले यस सम्बन्धमा गम्भीर छानविन शुरु गरिसकेका छन् । अनुसन्धान पूरा नहुन्जेल ति करिव सत्तरी वर्षिया वृद्धालाई प्रहरी हिरासतमा राखिने भएको छ ।

यदि अपराध सावित भएको खण्डमा उनलाई अधिकतम दस वर्ष लामो कारवास संजाय हुन सक्ने प्रहरीले बताएका छन् । नाम नखुलाइएका आफन्तले ति पुरुषको करिव सबै दाँत झरिसकेको र बोली पनि लरवरिएको पाइएको एक्सप्रेस्सेन अखवारलाई जानकारी दिएकीछन् ।

प्रतिक्रिया दिनुहोस्