श्रीलंकामा कोरोनाका कारण सयौं कैदी छाडिए



कोलम्बो,(एजेन्सी) ।

श्रीलंकाले सयौं वन्दिलाई कारगार मुक्त गरेको छ । साथै श्रीलंकाली सरकारले अन्य हाजारौं संख्यामा कैदि छाड्ने नीति र योजना रहेका पनि बताएको छ ।

श्रीलंकाका अत्यन्तै भीडभाड युक्त अर्थात क्षमता भन्दा बढि वद्यिन कोचिएका कारगार मध्ये एउटामा कोरोना भाइरस संक्रमणका घटना देखिन थालेपछि त्यसको विरोधमा भएको दंगामा नौ जनाको कैदिको मृत्यु र अन्य एक सय तेह्रा जना घाइते भएपछि यसरी कैदी मुक्त गर्ने लहर चलेको हो ।

कोरोना महामारी तिव्र रुपमा फैलिन थालेको भन्दै आफ्नो रिहाईका लागि हिंसात्मक ढंगले माग गर्न थालेपछि आइतवार राजधानी कोलम्वो नजिकको उच्च सुरक्षा प्रवन्ध रहेको माहारा कारागारमा सुरक्षाकर्मिले अन्धाधुन्ध गोली चलाएका थिए ।

म्ंगलवार श्रीलंकाका राष्ट्रपति गोतावाया राजपाक्षेले मुलुकभरिका ६ सय ३७ जना कैदीलाई बाँकी संजाय मिनाह गर्ने घोषणा गरेका थिए । त्यसैगरी न्यायमन्त्री अली सावरीले सरकारले कारगारमा कैदीको भिड घटाउने उद्देश्यले हजारौ कैदीलाई जमानतमा मुक्त गर्नका लागि गृहकार्य गरिरहेको बताएका छन् ।

कारागारमा घेटेको अप्रिय घटनालाई लिएर राष्ट्रपति राजपाक्षेले कारगार सुधार मन्त्री सुधार्सिनी फर्नान्डोपुल्लेलाई वर्खास्त गर्दै उनलाई कोभिड १९ महामारी नियन्त्रण मामिला हेर्ने नयाा मन्त्राालयको कार्यभार सुम्पेका छन् । श्रीलंकाका कारागारहरुमा क्षमता भन्दा झण्डै तीन गुणा बढि अर्थात ३० हजार कैदी कोचिएका छन् । ति मध्ये १ हजार २ सयलाई कोरोना भाइरस संक्रमण भइसकेको तथा २ जनाको ज्यान गइसकेको सरकारी तथ्यांकमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्