म्याराडोनाको ६ कहानी



ब्यूनर्स आयर्स, (एजेन्सी)

फुटबल जगतका महान् खेलाडीमध्येका एक डिएगो अर्मान्डो म्याराडोनाको गत बुधवार ६० वर्षको उमेरमा असामयिक निधन भयो । म्याराडोना गरीब परिवार जन्मेका थिए । तर जीवनकालमा जुन ऐश्वर्य, पैसा र सफलता म्याराडोनाले हासिल गरे, त्यो कुनै खेलाडीको लागि वीरलै मात्र सम्भव हुने सपना हो ।

बाल्यकालमा उनका भाईले उनलाई एउटा फुटबल उपहार दिएका थिए । उक्त फुटबल उपहारसँग उनको यति धेरै प्रेम बस्यो की उनी त्यसलाई ६ महीनासम्म सँगै राखेर सुत्ने गर्थे । त्यसपछि फुटबलसँग उनको सम्बन्ध देहत्याग नभएसम्म जारी रह्यो ।

उनी फुटबलमा यति पोख्त बने की उनले गरेको एउटा गोलले “गोल अफ द सेन्चुरी“ को उपमा नै पायो । ’ह्याण्ड अफ गड’ बाट चर्चित उक्त गोल गरेको उक्त फिफा विश्वकपको उपाधि नै अर्जेन्टिनाले जित्न सफल भयो । सोही विश्वकपमा गरेको उच्च प्रदर्शनका कारण म्याराराडोना फिफाको “प्लेयर अफ द सेन्चुरी“ समेत घोषित भयो । उक्त अवार्ड उनले ब्राजिलियन फुटबल लेजेन्ड पेलेसँगै संयुक्त रुपमा साझा गरेका थिए ।

१. म्याराडोना ब्यूनस आयर्सको झुपडीमा बस्थे
म्याराडोनाको जन्म ब्यूनस आयर्सको लानुसमा एक गरीब परिवारमा भएको थियो । जुन ब्यूनस आयर्सको झुपडी वस्तीबाट परिचित थियो । पिता डन डिएगो र आमा साल्भाडोरा फ्रयान्कोका तीन छोरीहरुपछि पहिलो सन्तान रुपमा म्याराडोनाको जन्म भएको थियो ।

सोही परिवारपछि बढेर ८ जना भाई–बहिनीसहित ठूलो परिवारमा परिणत भएको थियो । म्याराडोना ३ वर्षका हुँदा उनका भाईले एउटा फुटबल उपहार दिएको थियो । त्यही समयदेखि म्याराडोनालाई फुटबलसँग गहिरो प्रेम भयो ।  उनी त्यसलाई ६ महिनासम्म आफ्नो शर्टभित्र राखेर सुत्थे ।

२. १० वर्षको उमेरमा क्लब फुटबल शुरू गरे
१० वर्षको उमेरमा म्याराडोना रोजा एस्ट्रेला क्लबबाट खेल्थे । सोही क्लबबाट खेल्दा अर्जेन्टिनोस जूनियर्सको एउटा सानो क्लबले उनको प्रतिभा देखेको थियो । त्यसपछि उनी लस केबोलिटासमा पुगे पनि १२ वर्षको उमेरसम्म उनले बल ब्वायको रुपमा काम पाएको थियो । १५ वर्षको उमेरमा भने उनले अर्जेन्टिनोस जूनियर्सका लागि ब्यवसायिक करियको शुरुआत गरे । सन् १९८१ मा उनलाई बोका जूनियर्सले आफ्नो क्लबमा साइन गरे । सन् १९८२ मा म्याराडोनाले बोका जूनियर्ससँग खेल्दै पहिलो पदक हासिल गरे ।

३. विश्वकपमा दुई गोल गरेपनि दोस्रो राउन्डबाटै बाहिरियो
म्याराडोनाको प्रतिभा देखेर उनलाई सन् १९७७ मा नेशनल टीममा सम्मलित गरियो । यधपि, १९७८ को वल्र्ड कपमा उनलाई बच्चै रहेको भनेर सम्मिलित गरिएको थिएन । सन् १९७८ मा पहिलो पटक वल्र्ड कप जितेको अर्जेन्टिना सन् १९८२ मा डिफेन्डिग च्याम्पियनको रुपमा मैदानमा उत्रिएको थियो । यसपटक भने टिममा म्याराडोना पनि थियो । डिफेन्डिंग च्याम्पियन भएका कारण अर्जेन्टिना र युवा म्याराडोना, दुवैसँग धेरैले ठूलो आशा राखेका थिए । जुन आशालाई म्याराडोनाले पहिलो राउन्डमा नै हंगेरीविरुद्ध दुई गोल गरेर केही हदसम्म साकार पनि पारेका थिए । तर, उनको टिम भने दोस्रो राउन्डमा नै बाहिरियो । दोस्रो राउन्डमा ब्राजिलसँग हारेपछि अर्जेन्टिना बाहिरिएको थियो ।

४. १९८६ मा वर्ल्ड कप ह्यान्ड अफ गडले जिताए
म्याराडोना १९८६ को वल्र्ड कप खेलिरहेका थिए । इंग्ल्यान्डविरुद्ध क्वार्टर फाइनलको खेल थियो । म्याराडोनाले उक्त म्याचमा दुई गोल गरेका थिए । जसमध्ये एक गोल ह्यान्ड अफ गड बाट परिचित भयो । इंग्ल्यान्ड टिमले बल म्याराडोनाको हातमा लागेर गोल भएको बताएका थिए, तर, रेफ्रीको निर्णय अनुसार त्यसलाई गोलको मान्यता नै दिइयो । इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरियो र अर्जेन्टिनाले त्यसपछि सेमीफाइनल पनि जित्दै उपाधि हात पारे । म्याचपछि डिएगोले उक्त गोल अलि मेरे शिर र अलि मेरो भगवानको हातले छोएको बताएका थिए । डिएगोको उक्त बयानपछि उक्त गोललाई ह्यान्ड अफ गड भनियो । उक्त गोललाई गोल अफ द सेन्चुरीबाट पनि चुनियो । उक्त टूर्नामेन्टमा म्याराडोनाले ५ गोल गरेका थिए ।

५. फिदेल र म्याराडोनाको मृत्युको मिति एउटै हुनु संयोग
क्यूबाका पूर्व राष्ट्रपति फिदेल कास्त्रो र म्याराडोनाको निधनको मिति एउटै हुनुलाई संयोग नै मान्नुपर्ने हुन्छ । म्याराडोना कास्त्रोलाई आफ्नो दोस्रो पिता मान्थे । कास्त्रोको निधन २५ नोभेम्बर २०१६ मा भएको थियो । म्याराडोना पनि ४ डिसेम्बर २०१६ मा कास्त्रोको अन्तिम दर्शनका लागि क्यूबा पुगेका थिए ।

६. सफा करियरमा ड्रग्सले लगाएको दाग
म्याराडोनाले चारवटा फिफा वल्र्ड कप टूर्नामेन्ट खेलेका थिए । जसमध्ये १९८६ को विश्वकप पनि सामेल छ । १९८६ को वल्र्ड कपमा उनी अर्जेन्टिनाको क्याप्टेन पनि थिए । उनी टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । उनले गोल्डन बल अवार्ड जितेका थिए । म्याराडोनालाई फीफा प्लेयर अफ द सेन्चुरीबाट पनि सम्मानित गरिएको थियो । उनले एकपटक वल्र्ड कप गोल्डन बल, एकपटक ब्यालोन डी ओर, दुई पटक साउथ अमेरिकन फुटबलर अफ द ईयर, ६ पटक नेशनल लीग टप स्कोरर अवार्ड जितेका थिए ।

म्याराडोनाले १९८२ को दशकमा कोकीन सेवन शुरू गरेका थिए । त्यतिबेला उनको करियर सफलताको चरमोत्कर्षमा थियो । तर, उनलाई नशाको लत बसिसकेको थियो । १९८४ मा जब नेपोली क्लबका लागि खेल्न थाले, तब उनी इटालियन माफिया कोमोराको सम्पर्कमा आइसकेका थिए ।

त्यसपछिको दुई दशकसम्म उनले लगातार ड्रग्स र मधपान सेवन गरे । कोकीन सेवन गरेका कारण म्याराडोनालाई उनको क्लब नेपोलीले १९९१ मा १५ महीनाका लागि प्रतिबन्ध लगाएको थियो । त्यसै वर्ष उनलाई ब्यूनस आयर्समा ५ सय ग्राम कोकीनका सहित प्रहरीले पक्राउ गरेका थिए । त्यतिबेला पनि उनले १४ महिना सजाय पाएका थिए । त्यसपछि ड्रग्सले उनको फुटबल करियरलाई नै समाप्त पारिदियो । सन् १९९७ मा उनले फुटबललाई अलविदा गरे ।

प्रतिक्रिया दिनुहोस्