सम्झना भो गाउँघरको



लोकप्रिय गायक राजेशपायल राई र गायिका कल्पना राईद्वारा स्वरबद्व लोकगीत सम्झना भो गाउँ घरकोको भिडियो सार्वजनिक भएको छ।

आफू जन्मिएको मातृभूमि गाउँको वर्णन गीतमा निकै आकर्षकरूपमा गीतकार जानुका राईले गरेकी छन्। खोटाङ जिल्लाको विभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा ग्रामीण परिवेशमा रहेका आम प्रेमिल जोडीको भावना गीतमा देखाइएको छ।

खोटाङ जिल्लाको विभिन्न पर्यटकीय स्थानको पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायका साथै मौलिक लोकसंस्कार र सस्कृतिको जर्गेना गर्ने कार्यमा सम्झना भो गाउँ–घरको गीतले केही भए पनि मद्दत गर्नेमा आफू आशावादी भएको गीतकार जानुकाले बताइन्।

गंगाराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ। मुकेश हुमागाईंको छायांकन, मानबहादुर थापाको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ।

भिडियोमा निर्देशक जसबहादुर याक्खा जसु, समीक्षा याक्खा, कल्पना राई, सुरेन्द्र प्रकाश सुहाङ, पवित्रा राई लिम्बु, सञ्जीव राई, पवन राई, हरिचन्द्र राई, यलम्बर राई, नीला राई, सम्पूर्ण राई, विपना परियार, कृतिका राईका साथै रूपमिला राईको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्