ट्राफिक समस्या हटाउन ड्रोनको प्रयोग



सोल, (एजेन्सी)
दक्षिण कोरियाले ट्राफिक समस्याको अत्याधुनिक समाधान निकालेको छ । कोरिया सरकारले गत जुनमा कोरियन अर्बन एयर मोबिलिटी (केयूएकएम) रोडम्यापको घोषणा गरेको थियो र नोभेम्बर २४ मा दुई सिटर पेसेन्जर ड्रोनले सोल, डाइगु र जुजु टापुमा परीक्षण उडान पूरा गरे ।
सरकारको योजनाअनुसार कोरिया २०२३–२०२५ बीच ड्रोन सेवालाई व्यवसायीकरण गर्नु हो । चीनस्थित इहाङ होल्डिङ्सले कोरियामा ड्रोन ट्याक्सी आपूर्ति गरेको हो र इहाङ २१६ को दुई सिटर यात्रु बोक्ने ड्रोनको उडान पूरा गरेको छ ।
सोलमा इहाङ २१६ यउइडो टापुबाट उडान भर्दै घना आवादी भएको इलाका माथिबाट गएको हो । दोस्रो उडान सुसिओङ जिलाको डाइगु सिटीमा गरिएको थियो जहाँ ११९ फायर इमजेन्सी किट र एईडी सामग्रीको प्याकेज हस्तान्तरण गरिएको थियो । अन्तिम उडान जेजु टापमा गरियो, जहाँ इहाङ २१६ तट माथिबाट हवाई दृश्यावलोकन उडान नमुना प्रस्तुत गरिएको थियो ।
कम्पनीको एक विज्ञप्तिमा भनिएको छ– ‘कोरियामा उडानको पहिलो एसएसी (स्पेसल सर्टिफिकेट अफ एयरवर्डीनेस) प्राप्त भएपछि पूरा गरियो । जसलाई मोलिटले पेसेन्जर ग्रेड एएभीका लागि जारी गरिएको थियो । तीन फ्लाइट्समा इहाङको यूएएम सोलुसनको व्यावहारिक प्रयोग देखाइयो ।’

प्रतिक्रिया दिनुहोस्