बुँख्याचा ठड्याउँदै, कोरोना भगाउँदै !



देचो,(एजेन्सी)

अहिलेसम्म कहिल्यै पनि मास्क नलगाएर र सामाजिक दूरी नियम पालना नगरी कोरोना भाइरसलाई वेवास्ता गर्दै आएकी क्याम्बोडियाकी एक महिलाले खतरनाक भाइरस भगाउन भनेर आफैंले बनाएको बुख्याचा प्रयोग गरिरहेको रोचक खवर सार्वजनिक भएको छ । एक चान नामकी ग्रामिण भेगकी ति महिलाले राजधानी नोमपेन्ह नजिकको कान्दाल प्रान्तत स्थित आफ्नो घरको ढोकामा स्थानिय भाषामा ‘ टिंग मोंग ’ भनिने दुईवटा बुख्याचा पहरेदारका रुपमा ठड्याएकीछन् ।

६४ वर्षिया एम चान यसरी बुख्याचा राखेपछि घरमा कोरोना भाइरस छिर्न नसक्ने कुरामा विश्वस्त रहेको बताइएको छ । एक सय वर्ष भन्दा पहिले देखि नै क्याम्बोडियाका गाउँहरुमा भूतप्रेत र रोग भगाउन यहि परम्परा अपनाउने गरिएको समाजशास्त्रीहरु बताउँछन् । भाले र पोथी गरी दुईवटा बुँख्याचा बनाएरकी एक चानले तिनीहरुले कोरोना भाइरसलाई भगाउने र आफ्ना परिवारका कोहि पनि सदस्य संक्रमित नहुने ठोकुवा नै गरेकीछन् ।

उनले आफुलाई ति बुख्याँचाको जादुमा पूर्ण विश्वास रहेको पनि बताएकीछन् । विश्वमै कोरोना भाइरस कम संक्रमित हुने केहि मुलुक मध्येमा क्याम्बोडिया पनि पर्दछ । त्यहाँ अहिले सम्म ३ सय ७ जना संक्रमित भएका छन् । तर कोरोनाको कारण अझै सम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । यसै महिनाको शुरुमा क्याम्बोडिया भ्रमणमा आएका हंगेरीका विदेशमन्त्री कोरोना पोजिटिभ भएको घटना पछि भने क्याम्वोडियालीहरु संक्रमित हुने भयले त्रसित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्