प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता



न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेबीच भेटवार्ता भएको छ । आज अपरान्ह ओली र फेङहेबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

आइतबार जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिने औपचारिक भ्रमणका लागि काठमाडौँ
आइपुगेका हुन् ।उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा बादल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । सो अवसरमा परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्