रसुवागढी जलविद्युतको निर्माण तीब्र



सरस्वति न्यौपाने (रसुवा)

कोरोना सङक्रमणको अवस्थामा पनि सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्दै जिल्लामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको काम भइरहेको छ ।

एक सय ११ मेगावाट क्षमताको जलविद्युत आयोजनाको चार हजार एक सय ८५ मिटर हेडरेस सुरुङ विद्युत गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण कार्य पूरा भइसकेको र विद्युत गृहमा पानी पठाउने मुख्य प्रवेशद्धरा भोटे कोशीमा बाँध्ने र बालुवा थिग्य्राउने भूमिगत तिन पोखरीमा ढलान गर्ने काम अहिले तीब्र रुपमा अगाडी बढिरहेको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार स्वास्थ्य तथा जनसङख्या मन्त्रालय ले जारी गरेका कोभिड—१९ को मापदण्ड पालना गराई काम अगाडी बढाइएको बताउनु भयो । आयोजनाको निर्माण स्थलमा दुई सय २२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत छन् । कोरोनाको समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्ल्युईले आवश्यक कामदार भने ल्याउन छैन ।

सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भएता पनि कोरोना सङक्रमणको जोखिमले उपकरण जडानको कार्य हुन सकेको छैन । कोरोनाको समस्या देखाउँदै कामको जिम्मा लिएको कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत गृहको पनि बाहिर पठाउने ३४ मिटर टेलरेस सुरुङ छेड्न र ट्याङक मात्र निर्माण गर्न मात्र बाँकी रहेको छ । १३ अर्व ६४ करोडको लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्