सन्दीप कोरोना संक्रमित



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले आफू कोरोना संक्रमण भएको पोस्टमार्फत जानकारी गराएका छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका सबै खेलाडीको पीसीआर टेस्ट गरिएकोमा सन्दीपको कोरोना पोजिटिभ आएको हो । कोरोनाको हल्का लक्षण देखिएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

यसअघि पीसीआर टेस्ट गर्दा टिम कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको नतिजा कोरोना पोजिटिभ आएको थियो । तर पछि फेरि पीसीआर टेस्ट गर्दा ती तीनै जना ब्याटसम्यानको नतिजा नेगेटिभ आएको थियो ।

हाल नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २७ खेलाडीलाई सम्मिलित गराएको छ । क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन खेलाडीहरुको पीसीआर टेस्ट गराएको हो । क्रिकेट खेलाडीले करिब ९ महिनापछि अभ्यास गरिरहेका छन् । क्यानले आउँदो डिसेम्बरको अन्त्यमा पीएम कप गराउने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्