पुनमले हालिन् शिल्पा पतिलाई मुद्दा



बेला–बेला विवादमा आइरहने बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डेले अर्की अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा तथा उनको सहयोगीविरुद्ध मुद्दा हालेकी छिन्। एबीपी न्युजको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसाए पुनमले राज कुन्द्रा तथा उनको कम्पनीले गलत तरिकाले आप्नो भिडियो तथा फोटो प्रयोग गरेको भन्दै मुम्बई हाई कोर्टमा मुद्दा दायर गरेकी हुन्।

तर, यस कुरालाई राज कुन्द्राले भने अस्वीकार गरेका छन्। पुनमका अनुसार राज तथा उनको सहयोगी सौरभ कुशवाहाको कम्पनी आर्मस्प्राइम मिडियामा पुनमले एक सम्झौता गरेकी थिइन्, जुन कम्पनीले पुनमको एप सम्हाल्थ्यो। कम्पनीसँगको सम्झौता आठ महिनाअघि नै सकिए पनि आप्mनो कन्टेन्ट प्रयोग गरेको पुनमले आरोप लगाएकी छिन्।

राजले आफ्नो फोटो तथा भिडियो प्रयोग गर्दै पैसा कमाइरहेको आरोप लगाउँदै पुनमले भनेकी छिन्– ‘मैले राजको कम्पनीसँग केही समयअघि नै सम्झौता रद्ध गरे पनि उक्त कम्पनीले मेरो भिडियो चोरेर प्रयोग गरिरहेको छ। पछिल्लो ६ महिनायता ती भिडियोका कारण केही मानिसले मलाई फोन गरेर अश्लील कुरा गरिरहेका छन्। मैले राजलाई फोन तथा म्यासेजमार्फत यस्तो काम नगर्न आग्रह गरें, तर उनले मानेनन्।’

पुनमले यदि राज आर्थिक समस्याबाट गुज्रिरहेको भए आफूले उनका लागि पैसा उठाइदिने पनि बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्