जिवनमा गणितले नसिकाएको कुरा…



परिमितीले बस्तुको वरिपरिको नाप लिन त सिकायो तर
वास्तविक जीवनको वरिपरि केछ त्यो सिकाएन।।
real analysisले अपरिभासित संख्याको विश्लेषण गर्न त सिकायो तर
संख्यामा गनिने एक जना मान्छेको मनको कुरा विश्लेषण गर्न सिकाएन।
ज्यामितिले हरेक बस्तुको आकार प्रकारको चित्र बनाउन त सिकायो तर
दिमागले सोचेको चित्र बनाउन सिकाएन।
तथ्यांकशास्त्रले मान्छेले गरेको कामको विवरण राख्न त सिकायो तर
जीवनकालमा आफैले गर्ने र गर्न सक्ने कामको विवरण राख्न सिकाएन ।
calculusले पृथ्वी भन्दा माथिको सतहको विश्लेषण गर्न त सिकायो तर
मान्छेको आत्माको सतहको बारेमा जान्न सिकाएन।
छेत्रफलले बस्तुको छेत्रफल कति छ भनेर निकाल्न त सिकायो तर
वास्तविक जीवनकाल को छेत्र कतिछ त्यो सिकाएन।
सम्भाव्यताले संख्यामा हुने र नहुने सम्भाब्यता त सिकायो तर
भाग्यमा भएको र हुन सक्ने सम्भाव्यता सिकाएन।
हिसाब किताबमा नाफा र नोक्सान के भयो निकाल्न त सिकायो तर
जीवनमा बाचेको नाफा वा नोक्सान के भयो त्यो सिकाएन ।

सरोज भुसाल ।
सन्धिखर्क-११, अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्